आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु

रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु

बिरामी जेठान भेट्न आउँदा श्रीमती गुमाए


  • विजय नेपाली
  • पुष २५ २०७६, शुक्रबार

पोखरा,२५ पुस -तनहुँमा बस दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाईमा दुर्घटना हुँदा तनहुँ घिरिङ गाउँपालिका–१ की करिव २० वर्षीया मुना थापाको घटनास्थल र घिरिङ ३ की ४२ वर्षीया नानिमाया गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उपचारको लागि पोखराको फिस्टेल अस्पतालमा उनको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।प्रहरीका अनुसार करिब सवा १० बजे दुर्घटना भएको हो । बसमा करिब २६ जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएको सबैको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भएको छ । बस सडकबाट करिब ४० मिटर तल खसेको हो थियो । घाइते सबैको उपचार खर्च बस व्यवसाय समितिले व्यहोर्ने तनहुँ घिरिङ गाउँपालिकाका सल्लाहकार सुमन कुमार श्रेष्ठले बताए ।
बिरामी जेठान भेट्न आउँदा श्रीमती गुमाए
जीवन थापा र उनकी श्रीमती मुना थापा शुक्रवार पोखरा आउँने तरखरमा थिए शुक्रवार विहान ससुराली गएर उनीहरु पोखरामा विरामी जेठानलाई भेट्न घर बाट निस्किए ।
बस दुर्घटनामा परि २१ वर्षीय मुनाको घटना स्थलमै मृत्यु हुन पुग्यो भने २३ वर्षीय जीवन घाइते भए ।
श्रीमतीसँगै बसमा पोखराको लागि हिडेका उनीहरु बस दुर्घटनमा परे । बस पल्टिन लागेको बसमा सवार सबैले थाहा पाए तर पनि कसैले कोहि पनि निस्कन भने सकेनन् र्। मैले बस पल्टिन लागेपछि श्रीमतीलाई समातेको थिए समात्दा समात्दै कसरी फुस्कियो थाहा पाइन, कसरी निस्केछ निस्केछ बसले एक भुल्टुङ खाए पछि बसको झ्याल बाट निस्कियो होला दुई बल्ड्याङपछि गाडिले नै थिचेर ढाड पनि गयो होला घटना स्थलमै ज्यान गएछ’, मृतकका श्रीमान जीवनले भने । बसमा सवार सर्वसाधारण डाइभर र खलासी कसरी निस्किए भन्ने पनि पत्तो समेत नपाएको उनले बताए ।
पोखराको लागि विहान करिव ८ बजे निस्केका थिए । हामी खासमा ससुराली जान भनेर हिडेका थियौँ’, उता पनि जेठानलाइ सन्चो थिएन , जेठानलाइ पनि पोखरा लान पर्छ उतै आऊ भने तर बाटोमा आउदा यस्तो हुन्पुग्यो’, घाइते जीवनले बताए ।
परीक्षाको नतिजा सुन्न विधालय जाँदै थिए ः घाइते विद्यार्थी
तनँहुकै सरस्वतीमा मावि कक्षा ७ मा अध्ययन गर्दै आएकी डोल्मा थापा विद्यालयमा आन्तरिक मुल्याङ्कन परिक्षाको नतिजा सुन्न बस चढेकी थिइन् । घरबाट आधा घण्टाको दूरीमा रहेको विद्यालय जान बस चढेको करिव १० मिनेट बित्न नपाउदैँ बस दुर्घटनामा परि घाइते भइन् । खलासीले बस पल्टिन लाग्यो भन्दै खलासी भागेको उनले बताइन् ।
त्यस्तै विद्यालय विदा भएपछि पोखरामा बुवा आमा भेट्न आएकी सविना थापा पनि दुर्घटनामा परि घाइते हुन पुगिन कक्षा १० मा पढ्ने उनी बुबालाई भेट्नुअघि अस्पताल पुगिन । टाउको र खुट्टामा चोट लागेको उनी बुवालाई अस्पतालमा भेटिन । बस पल्टिन लाग्यो भन्दै खलासी भागेको मैले देख र हेर्दा हेर्दै बस पल्टियो त्यस पछि मैले केही थाहा पाइन उनले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->