शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मर्दिखोला प्रतिष्ठानको सहयोग

मर्दिखोला प्रतिष्ठानको सहयोग


  • ढोरपाटन संबाददाता
  • पुष २६ २०७६, शनिबार

पोखरा,२६ पुस – मर्दीखोला शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न सरकारी विद्यालयलाई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरेको छ । कास्की माछापुच्छ«े गाउँपालिकाको शुक्लागण्डकी माविमा शुक्रबार प्रतिष्ठानको २१ औं वार्षिकोत्सवको अवसरमा विद्यालयहरुलाई सहयोग गरेको हो । प्रतिष्ठानले ६० हजार बराबरको २ वटा प्रोजेक्टर, ४० हजार बराबरको विज्ञान प्रयोगशालाका सामान, ४० हजार बराबरको पुस्तक हस्तान्तरणका साथमा विभिन्न विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैयाको छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले प्रत्येक वर्ष कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामान हस्तान्तरण र छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बागलुङका प्रतिनिधि सभा सांसद डा. सूर्य पाठकले मुलुकलाई सकरात्मक पथ तर्फ लैजान शिक्षित हुनुपर्ने बताए । उनले भने, ‘शिक्षा यस्तो औजार हो जुन मुलुकलाई सकारात्मक परिवर्तन गर्न मुख्य भूमिका खेल्छ । तर शिक्षाको स्तर कस्तो छ भन्नेमा पनि फरक पर्छ ।’ त्यसैगरि मर्दिखोला शैक्षिक प्रतिष्ठानका संस्थापक डा. राम गिरीले विद्यालय जीवनमा आफुसँगै पढ्ने साथीलाई परेको पीडा अरुलाई नपरोस् भनि प्रतिष्ठानको शुरुवात गरेको बताए । कार्यक्रममा माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, नेपाल अभिभावक महासंघ कास्कीका उपाध्यक्ष गोपाल गिरी, माछापुच्छ«े ५ का वडाध्यक्ष जुमबहादुर गुरुङ, शुक्लागण्डकी माविका प्राचार्य शान्तिरमण पोखरेल, माछापुच्छ« ३ का वडाध्यक्ष सुर्यप्रसाद लम्साल, शुक्लागण्डकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिलाल पोखरेललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->