आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भिटोफ गण्डकी प्रदेशको अध्यक्षमा अधिकारी

भिटोफ गण्डकी प्रदेशको अध्यक्षमा अधिकारी


  • ढोरपाटन संबाददाता
  • पुष २६ २०७६, शनिबार

पोखरा,२६ पुस – ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको अध्यक्षमा नवराज अधिकारी चयन भएका छन। शुक्रबार पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरीमा भएको तेस्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा सूर्यनाथ पहारी, सचिवमा माधव पनेरु,कोषाध्यक्षमा सुशीला भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा श्याम लामिछाने,सुजन तिमिल्सिना,हेमराज पहारी,गोमा ढकाल र सन्दिप गिरी सर्वसम्मत चयन भए ।
पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामिण पर्यटन प्रवद्र्धन मञ्चले ग्रामिण क्षेत्रमा पर्यटकको सख्या वृद्धि गर्न तथा पर्यटकहरुको बसाई लम्बयाई ग्रामिण पर्यटनको माध्यमबाट आर्थीक सवलीकरणमा टेवा पु¥याएको बताइ । पर्यटकीय राजधानी मानीने पोखरा आएका पर्यटकहरुलाई ग्रामिण भेगमा लैजानको लागि ग्रामिण पर्यटन प्रवद्र्धनका नयाँ योजना बनाउन आवश्यक रहेको उनको भनाई थियो । मन्त्री लम्सालले ग्रामिण पर्यटनको विकास गरी उत्पदान वृद्धि,रोजगारी तथा आर्थीक समृद्धि हासिल गर्ने उद्देश्य अनुसार गण्डकी प्रदेश सरकारले ३ सय होमस्टेहरुलाई प्रवद्र्धन गरिरहेको बताइ । नेपाल पर्यटन बर्ष २०२० तथा गण्डकी प्रदेश पर्यटन बर्ष २०१९—२०२२ लाई मनाउदै गर्दा नेपाल भ्रमणमा रहने पर्यटकहरुको लागि पर्यटन मैत्री वातावरण तथा ग्रामिण क्षेत्रका संस्कृति र स्थानिय उत्पादनका परिकार स्वाद पस्कदै पर्यटकहरुको मन जित्नेगरी काम गर्न उनले आग्रह गरे ।
कार्यक्रममा वडाध्यक्ष खगराज आचार्य,नेपाल पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलिया, भिटोफका केन्द्रिय अध्यक्ष ध्रुव सिम्खडा,संस्थाका संस्थापक अध्यक्षहरु केदार शर्मा,प्रेम शर्मा, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी शर्मा,शर्मा भिटोफका निवर्तमान अध्यक्ष रविन्द्रराज पौडेल लगाएतले बोलेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->