पोखरा,२७ पुस – गण्डकी प्रदेशभरीका फोटोग्राफरहरुको साझा संस्थाको रुपमा रहेको फोटोग्राफर संघ गण्डकीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेशका आठ जिल्लाका जिल्ला फोटोग्राफर संघका प्रतिनिधिहरुको रोहवरमा कार्यक्रम सम्पन्न भएको थिए ।
कार्यक्रममा जिल्लागत संस्थाका अध्यक्षहरुले आआफ्नो जिल्लाको धारणा प्रस्तुत गरेका थिए । फोटोको साईजको ब्यवस्थापनका लागि पोखरा फोटोग्राफर संघका अध्यक्ष रबिनाथ दाहाल,पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायण बहादुर केसी ,बाग्लुड.फोटोग्राफर संघका अध्यक्ष नारायण प्रसाद गौतम , तनहु फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ , स्याड.जा फोटाग्राफर संघका अध्यक्ष प्रेम प्रसाद पराजुली , नवलपुर फोटोग्राफर संघका अध्यक्ष किशोर अधिकारी लगायत ले आआफ्ना जिल्लाको धारणा प्रस्तुत गरेका थिए । पत्रकार महासंघ कास्की का कार्यसमिति सदस्य कमल पौडेल अथक ले नेपाल सरकार ले फोटोग्राफी क्ष्ोत्र र सरकारी निकायहरुमा ठूलो तालमेल मिलाउन आवश्यक रहेको बताए । संस्थाका सल्लाहकार तथा पत्रकार महासंघ गण्डकीका सचिव ईन्द्र प्रसाद पौडेलले संस्था स्थापना गर्न ठूलो चुनौती समेत रहेको बताउदै फोटोगा्रफी ब्यवसायलाई मायार्दित बनाउदै लैजानु पर्ने बताए ।
कार्यक्रममा फोटोको साईज एकरुपता कसरी गर्न सकिन्छ भनेर फोटोग्राफी गोष्ठी समेत गरिएको थियो । गोष्ठीमा हाल सरकारी तथा गैर सरकारी निकायहरुमा प्रयोग हुदै आएका फोटोको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र संस्थाका सचिव तुलसी राम सुवेदीले प्रस्तुत गरेका थिए ।
शनिवार नै भएको प्रथम अधिवेशनमा फोटोग्राफर संघ गण्डकी को नया कार्य समिति चयन भएको छ । जस अनुसार अध्यक्षमा दुर्गा प्रसाद पौडेल, उपाध्यक्षमा नारायण बहादुर केसी , सचिवमा तुलसी राम सुवेदी , कोषाध्यक्षमा नबिन राज पौडेल , सदस्यहरुमा राममणि पौडेल, बलभद्र श्रेष्ठ, प्रेम प्रसाद पराजुली,नारायण प्रसाद गौतम , सुरेस रेग्मी , बिमल खनाल , र दिपेन्द्र बस्याल सर्वसम्र्मत चयन भए । त्यसैगरि पोखरा फोटोग्राफर संघबाट रबिनाथ दहाल,नवलपुर फोटोग्राफर संघबाट किशोर अघिकारी , लम्जुड. फोटोग्राफर संघबाट मिलन शर्मा दनाई र म्याग्दी फोटोग्राफर संघबाट गौरी संकर चौधरीलाई जिल्ला संयोजक मा चयन गरिएको छ ।





