आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती


  • Dhorpatan News
  • पुष २७ २०७६, आइतबार

काठमाडौं, २७ पुस – नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो। पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए ।विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित हुनुभएको थियो । १८०१ मा नुवाकोटमा विजयी भए। यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए ।विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो। अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए ।

यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए। शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए। यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाए ।‘दीव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन्। जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो। नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->