आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फोहोरबाट बिजुली निकाल्न युएईले दिएको एक अर्ब १३ करोड नेपालद्वारा स्वीकार

फोहोरबाट बिजुली निकाल्न युएईले दिएको एक अर्ब १३ करोड नेपालद्वारा स्वीकार


  • Dhorpatan News
  • पुष २७ २०७६, आइतबार

काठमाडौं, २७ पुस – नेपालमा फोहोरबाट बिजुली निकाल्न संयुक्त अरब इमिरेट्स (यूएइ) ले दिने एक करोड डलर (एक अर्ब १३ करोड) सहुलियत कर्जा नेपालले स्वीकार गरेको छ ।राजधानी आबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा भएको हो । नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सहयोग स्वीकार गरेका उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै मल उत्पादनका क्षेत्रमा पनि काम गरिनेछ ।सहुलियतपूर्ण कर्जामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा छानिएका थिए ।सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पुनका साथै प्रतिनिधिभसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा, भुमी त्रिपाठी, उर्जा मन्त्रालयका सहसचिव मधूप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, नेपालका लागि यूएईका राजदूत कृष्णप्रसाद ढकाललगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->