बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिमसिम युवा क्लवको माघे सक्रान्ति मेला सुरु

सिमसिम युवा क्लवको माघे सक्रान्ति मेला सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७६, सोमबार

बागलुङ, २८ पुस – सिम सिम युवा क्लब काँठेखोला–२ भीमापोखरा सिमले हरेक बर्ष आयोजना गर्ने ऐतिहासिक माघे सक्रान्ति मेला २०७६ सोमवारदेखि सुरु भएको छ । ‘पृथक भूगोलभित्रको विविधतामा सम्भावनाको खोज–चौतर्फी विकास, सदभाव र एकताको लागि अग्रगामी हाम्रो सोच’ भन्ने नाराका सुरु भएको मेलाको समाजसेवी नरवहादुर थापाले एक कार्यक्रमका विच उदघाटन गरे ।
सो अवसरमा मन्तब्य राख्दै प्रमुख अतिथि समाजसेवी थापाले मेला पर्वको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले युवाहरुमा सिर्जनात्मकताको विकास हुने र समाजले रचनात्मकता प्राप्त गर्ने वताए ।
सो अवसरमा विशिष्ठ अतिथि वडाध्यक्ष विद्यापति शर्माले सिमसिम युवा क्लबले आयोजना गरेको माघे सक्रान्ति मेलाले युवाहरुलाई अग्रगामी सोचका साथ अगाडि बढ्न प्रेरित गर्ने वताउदै मेलाका अवसरमा आयोजना गरिएका प्रतियोेगिताले उनीहरुको क्षमतामा अभिवृद्धि हुने वताए ।
क्लबका अध्यक्ष राजेन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव गंगा थापा भिक्षुले र स्वागत कोषाध्यक्ष महेन्द्र थापाले गरेका थिए । भीम थापा लगायतले शुभकामना मन्तब्य राखे ।
मेलाका अवसरमा वडास्तरिय भलिवल प्रतियोगिता, गाउपालिका स्तरीय सोरठी गीत नृत्य प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, साँस्कृतिक कार्यक्रम र विभिन्न कलाकारहरुको उपस्थितिमा गायन लगायतका कार्यक्रम आयोजना गरिएको सचिव थापाले वताईन । कार्यक्रम स्थानीय मुन्द्रीदेव प्राविको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->