आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा महोत्सव सुरु

पोखरा महोत्सव सुरु


  • Dhorpatan News
  • पुष २९ २०७६, मंगलबार
फाईल फोटो

पोखरा,२९ पुस – पोखराको अमरसिंह खेलमैदानमा मंगलबारबाट पोखरा महोत्सव सुरु भएको छ । १० औँ संस्करणको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । युनाइटेड क्लब महोत्सवको आयोजक हो । उद्घाटनमा बोल्दै मुख्यमँन्त्री गुरुङले क्लब र गण्डकी प्रदेश सरकारले पोखरामा जुलोजिकल पार्क चिडियाखाना निर्माण गर्ने साझा उद्देश्य बोकेर हिँडेको बताए ।
मुख्यमन्त्री गुरुङले पोखरा महानगरपालिका ३०, ३१ र ३२ नम्बर वडास्थित बेगनासताल र रुपातालको बीच भागमा रहेको सामुदायिक वनमा पोखरा जुलोजिकल पार्क निर्माण गर्ने सपनासँग प्रदेश सरकारको पनि सपना जोडिएको बताए । उनले जुलोजिकल पार्कसँगै गण्डकी प्रदेशमा ठूला पार्क, हजार जना अट्ने ठूला सेमिनार हल निर्माण गर्ने र बढीभन्दाबढी पर्यटक भित्र्याउने योजना सुनाए ।
पोखरा रामबजार निवासी शताब्दी पुरुष १०१ वर्षीय क्याप्टेन कुलबहादुर गुरुङ र ९९ वर्षीया श्रीमाया गुरुङलाई सम्मानसहित उनले महोत्सव उद्घाटन गरेका हुन् ।
सो अवसरमा वोल्दै राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव राजेश गुरुङले युनाइटेड क्लवले गरेको सकारात्मक कामको सिको अन्य क्लव तथा संघ सस्थाहरुले गर्नुपर्ने बताए । पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर कार्कीले युनाइटेड क्लबको हरेक सामाजिक काममा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यत्रममा अमरसिंह माविका अध्यक्ष तेजश्वी बरालले प िक्लवले गरेका सामाजिक काममा सहकार्य गर्ने वताए । युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव शान्तबहादुर थापा तथा क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । महोत्सवको उद्घाटनअघि पोखरा रंगशालाबाट अमरसिंह खेलमैदानसम्म झाँकी र ¥यालीको आयोजना गरिएको थियो । महोत्सवको उद्घाटनपूर्व पोखराको रंगशाला गेटदेखि महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->