तनहुँको देवघाटबाट पोखरा आउदै गरेको प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् अन्य १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्। ट्रकमा देवघाटको मेलामा थप मद्दतका लागि गएको पोखराको १ नम्बर गणका टोली फर्कंने क्रममा दुर्घटना भएको हो।





