आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा महोत्सवमा धरहरा

पोखरा महोत्सवमा धरहरा


  • ढोरपाटन संबाददाता
  • माघ २ २०७६, बिहिबार

पोखरा,२ माघ – पोखराको अमरसिंहमा जारी पोखरा महोत्सवमा धरहरा चढ्न पाइने भएको छ । दशौ संस्करणसम्म आइपुग्दा युनाइटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सवमा प्रत्येक वर्ष दर्शकलाई फरक स्वाद पस्कने गरेको छ । कहिले बसमा निशुल्क चिडियाखानाको अवलोकन, कहिले हात्ती, उंँट सवार गर्ने अवसर प्रदान गर्दै आएको आयोजक क्लवले यो पाटक महोत्सव स्थलभित्र रहेको धरहराबाट महोत्सवको अवलोकन गर्ने ब्यवस्था मिलाएको हो ।
पोखरा महोत्सव परिसरमा मानिसहरुलाई धरहराको अनुभव प्रदान गर्ने गरी ४० फिट अग्लो ६ तला रहेका धरहरा निर्माण गरी महोत्सवको अवलोकन गर्ने ब्यवस्था मिलाइएको छ । महोत्सवमा विहीबार लोकदोहोरी तर्फ कुलेन्द्र बिक., जीवन दाहाल, सरला पाण्डे, शंकर विरही गुरुङ, टेक क्षेत्री, रमा राना मगर, कमला गैरे लगायतको प्रस्तुती रहनेछ भने नेवारी संस्कृती झल्कने तेर्सापट्टी तायामचा समितिको लाखेनाच र साँझमा पप कन्सर्टतर्फ एम सी फ्लो तथा स्पर्श ब्याण्डको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->