आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विश्वकै होचा ब्यक्ती खगेन्द्रको पोखरामा मृत्यु

विश्वकै होचा ब्यक्ती खगेन्द्रको पोखरामा मृत्यु


  • ढोरपाटन संबाददाता
  • माघ ३ २०७६, शुक्रबार

पोखरा,३ माघ – विश्वकै होचा ब्यक्तीका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको पोखरामा निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।विहीबार मणिपालको आइसियुमा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेका हुन । खगेन्द्रको निधन निमोनियाका कारण भएको अस्पताल स्रोतले जनाएको छ ।बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो ।धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए । रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्र खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्मदा खगेन्द्र मात्र ६ सय  ग्रामका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->