आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुलाई राजीनामा नदिन वैचारिक संगठनहरुको अनुरोध

पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुलाई राजीनामा नदिन वैचारिक संगठनहरुको अनुरोध


  • ढोरपाटन संबाददाता
  • माघ ४ २०७६, शनिबार

पोखरा, ४ माघ – आशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दापनितल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामा दिने निर्णय गरेसँगै सरोकार वाला वैचारिक संगठनहरुले राजीनामा नदिन अनुरोध गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा सरोकारवाला वैचारिक संगठनहरुले क्याम्पस प्रशासनसँग छलफल गरी समस्यालाई समाधान गर्न अनुरोध गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश संयोजक हुतराज शर्माले क्याम्पसले आर्थिक पारदर्शीता सहित आशींक प्राध्यापकलाई व्यवस्थापन गर्नु पर्ने धारणा राखे । उनले क्याम्पसको लागि प्राध्यापक जरुरी छ भने १४ वर्ष देखि आशींकका रुपमा वौद्धिक शोषण गर्न नुहने तर्क समेत प्रस्तुत गरे ।
यस्तै नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय सदस्य गिरीधारी दाहालले लामो समयदेखीको समस्या भएकाले प्रशासनले तत्कालै समाधान गर्न अनुरोध गरे । उनले भने–“आशिंकको वारेमा हामी पटक पटक वोलेका छौ तर प्रशासन मौन रहदा समस्या वढेको छ ।”
नेपाल आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले हिउदे विदा पछिका कुनै पनि कक्षा नलिने जानकारी दिए । उनले भने–“हामीले पढाएको भरमा क्याम्पस उत्कृष्ठ हुदै सार्वजनिक समारोहमा पुरस्कार ग्रहण गर्ने तर हाम्रा मागका विषयमा मौन रहनु कति सम्मको उचित हो ।”
क्याम्पसमा अध्यापनरत दुुई सय १५ जना आशिक शिक्षकरुले हिउदे विदा पछाडीको नियमित कक्षा संचाल भएपछि सामुहिक राजीनामा दिने जानकारी दिई सकेको छन् ।
अध्यक्ष गौतमले कार्यपत्र प्रस्तुत गर्दै अव देखी क्याम्पसमा आफुहरु कसैले पनि कक्षा लिन नसक्ने भन्दै प्रशासनलाई विश्व व्यापीश्रम नियम तथा देशकै अन्य क्याम्पस र पृथ्वी नारायण क्याम्पसको अधिल्ला नजिरहरुलाई हेर्न पनि उनले अनुरोध गरेका छन् ।
आशिक प्राध्यापकहरुले विगत १२ वर्ष देखि नियमित रुपमा सांकेतिक आन्दोलन गरेपनि प्रशासनले नटेरेको उनको भनाई छ । अन्तिम आन्दोलन भन्दै प्राध्यापकहरुले गएको मंसिर २८ गते देखि चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->