पोखरा,४ माघ -पोखरामा एक पुरुषको शव फेला परेको छ ।शनिवार विहान पोखरा महानगरपालिका वडा नं १९ बेंशी चोकमा हर्क बहादुर सुनारले संचालन गरेको सेवा फर्निचरमा सोही फर्निचरमा कार्यरत अन्दाजी ४६ वर्षीय यादब शर्मा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।





