आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खगेन्द्रको अन्त्यष्टि गरियो

खगेन्द्रको अन्त्यष्टि गरियो


  • ढोरपाटन संबाददाता
  • माघ ४ २०७६, शनिबार

पोखरा,४ माघ – होँचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको शनिबार अन्त्यष्टि गरिएको छ । उनको शुक्रबार निधन भएको थियो । उनको अन्त्यष्टिमा समर्थकहरुको बाक्लो उपस्थिति थियो । बागलुङको धुल्लुबासकोट–६ मा २०४९ मा जन्मँदा खगेन्द्रको तौल ६ सय ग्राम थियो, निधनको समयमा उनको तौल ५.५ किलोग्राम मात्र रहेको थियो ।
खगेन्द्र थापा मगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपमा प्रमाणित गरिएको थियो । होँचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । खगेन्द्रको मृत्युको खबरले दुःखी भएको रेकर्डस्को विज्ञप्तिमा जनाइएको छ । सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले भनेका छन्,‘खगेन्द्र अब हामीसँग नरहेको भन्ने नेपालबाट खबर सुनेर हामी निकै दुःखी भएका छौँ ।उनको चम्किलो मुस्कानले उनलाई भेटेने जो कोहीको पनि मन पग्लिन्थ्यो । ’⁣

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->