आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदी

सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदी


  • Dhorpatan News
  • माघ ४ २०७६, शनिबार

काठमाडौं,४ माघ – लामो विवाद र बहसपछि द्वन्द्वकालीन दुई आयोगले नेतृत्व पाउने भएका छन्। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम शनिबार सिफारिस भएको हो। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र अध्यक्ष रहेको गठिन सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वन्यायाधीश युवराज सुवेदीको नाम सिफारिस गरेको हो। भट्ट नेपाल ल क्याम्पसका सह-प्राध्यापक हुन्। सुवेदी पूर्वनायक महान्यायाधीवक्ता हुन्। उनीसँग उच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर लामो समय काम गरेको अनुभव छ। सिफारिस समितिले शनिबार नै दुवै आयोगका सदस्यको नामसमेत सिफारिस गरेको छ। स्रोतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्यमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल, विष्णु पोखरेल नाम सिफारिस भएको छ। त्यसैगरी बेपत्ता पारिएका व्यक्क्तिको छानबिन आयोगको सदस्यमा विश्वप्रसाद भण्डारी, अधिवक्ता सुनिल रञ्जन सिंह, अधिकारकर्मी सरिता थापामगर र डा. गांगा अधिकारीको नाम सिफारिस गरेको छ। मिश्रको अध्यक्षताको सिफारिस समितिले शनिबार नै कानुनमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारिको नाम सिफारिस गरेको सिफारिस समितिका एक सदस्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->