आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अन्नपूर्ण क्षेत्रमा हराएकाहरुलाई खोज्न समस्या

अन्नपूर्ण क्षेत्रमा हराएकाहरुलाई खोज्न समस्या


  • ढोरपाटन संबाददाता
  • माघ ५ २०७६, आइतबार

पोखरा, ५ माघ – कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिउँपहिरोमा बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ उत्पन्न भएको छ । हिउँपहिरोमा हराइरहेका ४ कोरियन र तीन जना नेपालीसहित ७ जना अझै सम्पर्कविहीन छन् ।शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्पर्कविहीन भएकाहरु हिउँमा पुरिएको आशंका गरिएको छ । उद्धारमा गएको टोली आइतबार घटनास्थल पुगेर फर्केको छ । टोलीमा संलग्न पर्यटन व्यवसायी विजय केसीका अनुसार हिँउपहिरो खसेको ठाउँमा ठूलो हिमपात भएको छ । आइतबार आफूहरु त्यहाँ पुग्दा पनि हिउँ परिरहेको उनले जानकारी दिए । उनका अनुसार गाइड सरोज परियार हिउँ पहिरोमा परेको ठानिएको क्षेत्रमा देउरालीनेर केही कम हिउँ देखिएको छ ।
‘ त्यो क्षेत्रको हिउँ पग्ल्यो भने त्यहाँ एकहप्तामा खोजी कार्य गर्न सकिएला अन्य कोरियनहरु हराएको क्षेत्रमा त हिउँ पग्लिनै १ महिनासम्म लाग्नसक्छ’, उनले टेलिफोनमा नेपालखवरसँग भने,‘ सो क्षेत्रमा केही प्लाष्टिकका टुक्राहरु देखिएका छन् ,नभए त्यहाँ सेताम्मे हिउँ नै छ ।’ उनका अनुसार माछापुच्छे बेसक्याम्प जाने हिमायय र देउराली भन्ने दुई ठाउँमा ठूलो हिउँपहिरो खसेको छ । ‘खसेको पहिरो पनि ३ तिर बाँढिएको छ’, उनले भने,‘हेर्दा डिजाष्टर नै छ ।’सो क्षेत्रमा लि मिन सुन,किम सुक जा, जियोङ पिल र बोङ चोइ ह्यो नामक कोरियनहरु तथा नेपाली गाइडहरु छिरिङ भोटे,मिङबहादुर तामाङ र सरोज परियार रहेका छन् । तामाङ र परियार पोखराकै गाइड हुन् ।विजयको कुरामा कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले पनि सही थपे । उनका अनुसार पदयात्रा मार्गको होटलमा रहेका पर्यटकहरुको उद्दारको काम सकिएको छ । अहिले छोमरोङभन्दा माथि रहेका सबै पर्यटकलाई तल सुरक्षित ठाउँमा सारिएको छ । दोभानभन्दा माथिका सबै होटल र त्यहाँ कार्यरत कामदारलाई सुरक्षित क्षेत्रमा सारिएको छ ।
४ हजार १ सय ३० मिटर उचाईको माछापुच्छे« बेसक्याम्प पुग्न २ हजार २० मिटरको उचाईमा रहेको घान्द्रुकबाट छोमरोङ,सिनुआ, बाम्बो,दोभान, हिमालय, देउराली, माछापुच्छे« बेसक्याम्प र अन्नपूर्ण बेसक्याम्पको यात्रा तय गर्नुपर्छ । अहिले हिउँपहिरो आएको देउराली क्षेत्र ३२ सय मिटर उचाईमा छ भने माछापुच्छे« ३७ सय मिटर र अन्नपूर्ण बेसक्याम्प ४१३० मिटरको उचाईमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->