आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाह्य लगानी भित्र्याउन संघ सरकार बाधक : मुख्यमन्त्री गुरुङ

बाह्य लगानी भित्र्याउन संघ सरकार बाधक : मुख्यमन्त्री गुरुङ

एनआरएनले काठमाण्डौमा सार्वजनिक शौचालय बनाउने


  • ढोरपाटन संबाददाता
  • माघ ७ २०७६, मंगलबार

पोखरा,७ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गैरआवासीयहरुसँगको समन्वयमा केन्द्र सरकार बाधक भएको गुनासो गरेका छन् ।सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशमा लगानी प्रर्वद्धनको लागि प्रदेश सरकार र गैरआवासीय नेपाली संघबीच अन्तरक्रियाकार्यक्रममा उनले सो गुनासे गरेका हुन् ।
‘जग्गा प्राप्तिको लागि ठूलो समस्या छ’,उनले भने,‘संघ सरकारले जग्गा प्राप्तिको लागि ढोका खोलिदिए हामी सहकार्यको लागि तयार छौँ ।’ उनले यसका लागिसंघ सरकारसँग पहल गरिरहेको बताए । आर्थिक समृद्धि र उन्नतिका लागि प्रदेशमा उपयुक्त हुने योजनाहरु छनौटमा आफूहरु जुटेको उनको भनाई थियो । ‘अरुको नक्कल गरेर हुँदैन ,हाम्रो प्रदेशको समृद्धिका लागि पर्यटन ,उर्जा ,कृषि ,उद्योग जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखेर हामीले लगानी गर्नुपर्नेछ’,उनले भने । जग्गा प्राप्तिलाई सहज बनाउदै व्यवसाय गर्दा झेल्नुपर्ने लामो कानूनी झन्झटलाई सहज बनाउने आश्वासनदिँदै गुरुङले लगानीका लागि तयार रहन आग्रह गरे । गण्डकी विकास प्राधिकरण बनाएर कानूनी प्रक्रियालाई फास्टट्रयाकमा सम्पन्न गराउनेतर्फ सरकार लागेको उनको भनाइ थियो । गुरुङले जलस्रोत ,शौर्य उर्जा ,अर्गानिक दाना ,मल कारखाना ,खानी उत्खनन ,प्रशोधनलगायत शिक्षा र पर्यटनका क्षेत्रमा लगानी गर्न गैरआवासीयहरुलाई आग्रह गरे । ‘सरकारले गर्न सक्ने सबै गर्छ ,म तीन डिजिटको कमिटमेण्ट गर्छु १०० प्रतिशत’, उनले थपे ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कुन–कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर योजनासहित आउन आग्रह गरे । आफूसँग भएको ज्ञान ,सीप र पूँजीका आधारमा सरकारसंग सम्झौता गर्न उनले आग्रह गरे । ‘मसँग धेरैजना आउनुहुन्छ ,म के गरौँ भन्दै ,त्यो मलाई नसोध्नुहोला ,यो गर्छु भनेर आउनुहोस्’,उनले भने ।
अन्य प्रदेशको तुलनामा लगानैमैत्री कानून बनेको जिकिर गर्दै उनले ढुक्क भएर लगानी गर्न एनआरएनसँग आग्रह पनि गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आफूहरु गण्डकी प्रदेशमा सामुहिक र व्यक्तिगत लगानी गर्न आतुर रहेको बताए । जलविद्युत र होटेललगायतका क्षेत्रमा आफूहरुको व्यक्तिगत रसामुहिक लगानी भएपनि प्रदेश सरकारसँगको सहकार्यमा थप लगानी गर्न तयार रहेको उनले बताए । ‘हामीले पूँजी अहिले पनि लगानी गरेकाछौँ ,पूँजी मात्र पठाएर नहुँदो रहेछ ,हामी ज्ञान ,सीप र प्रविधी भित्र्याउन चाहन्छौँ । ’
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्मा पौडेलले सेवा क्षेत्रमा मात्र लगानी गरेर आर्थिक समृद्धि हाँसिल गर्न नसकिनेहुँदा औद्योगिक क्षेत्रमा लगानी हुनुपर्नेमा जोड दिए ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले गण्डकी प्रदेश लगानीका लागि राम्रो सम्भावनायुक्त भएकोले आफूहरु सहकार्यका लागि अघि बढेको बताए । लगानी संगै सीप सिकाउनको लागि आफुहरु इच्छुक रहेको उनले बताए । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य , गैरआवासीय नेपाली संघका विभिन्न देशका प्रतिनिधि लगाएले सुझाव र जिज्ञासा राखेका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए ।
यता, गैरआवासीय नेपाली संघ ( एनआरएन)ले काठमाण्डौमा नमूना सार्वजनिक शौचालाय बनाउने घोषणा गरेको छ । सार्वजनिक शौचालय बनाउन महानगरसँग समन्वय गरिने एनआरएनले जनाएको छ । एनआरएनको माघ ४ र ५ गते पोखरामा भएको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले सो निर्णय गरेको हो । शौचालयको लागि बैठकमा सहभागिहरुबाट ४० लाख रुपैयाँ उठाइएको एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए । पन्त एनआरएनको अध्यक्ष भएपछि बसेको बैठकले गरेको १४ बुँदे निर्णयमा चालु अंग्रेजी वर्षको अक्टोबरमा दोस्रो एनआरएन विश्व सम्मेलन गर्ने,अन्तर्राष्ट्रिय सम्मेनल नभएको वर्ष विज्ञ सम्मेलन आयोजना गर्ने, एनआएन फाउण्डेसन स्थापना गरिने र त्यो फाउण्डेसनमार्फत नेपालमा मानव कल्याणकारी काम गर्ने,वैदेशिक रोजगारीमा देखिएको समस्याको पहिचान र समाधानका उपायसहित ६ महिनामा स्वेतपत्र तयार गर्नेलगायतका निर्र्णय गरेको छ । यसैगरि नागरिकता ऐन यही हिउँदे अधिवेशनबाट पारित गर्न र त्यसमा गैरआवासीय नेपालीको लागि नागरिकताको व्यवस्था गर्न माग पनि गरेको छ । एनआरएनले नेपाल भ्रमण वर्षलाई सघाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->