आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आफ्नै परिवेशको शिक्षा नीति लागू गर्छौं : मन्त्री गुरुङ

आफ्नै परिवेशको शिक्षा नीति लागू गर्छौं : मन्त्री गुरुङ


  • Dhorpatan News
  • माघ ७ २०७६, मंगलबार

पोखरा, ७ माघ – गण्डकी प्रदेशमा आर्थिक मामिला योजना मन्त्री किरण गुरुङले गण्डकी विश्वविद्यालय स्थापना गरेर आफ्नै परिवेशको शिक्षा नीति लागू गर्न प्रदेश सरकार लागिरहेको बताएका छन् विश्वविद्यालयको शिक्षा नीति अन्तर्राष्ट्रिय मापदण्डको हुने भन्दै उनले शिक्षा प्रणाली पनि व्यवसायिक र वैज्ञानिक हुने समेत स्पष्ट पारे । पोखराको ग्लोवल कलिजियटको २४ औं वार्षिकोत्सव एवं रजत महोत्सव शुभारम्भ गर्दै मन्त्री गुरुङले माध्यमिक तहसम्मको शिक्षालाई संघीय सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्न अझै आनाकानी गरिरहेको आरोप लगाए ।
मन्त्री गुरुङले राज्यको शिक्षा नीति र प्रणाली एउटै रहेकोले राज्यले नीजि र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणले हेर्न नहुने बताए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्ति पाउने तर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले नपाउने भन्ने चर्चा सम्बन्धमा मन्त्री गुरुङले भने, ‘यो हल्ला मात्रै हो । यस्तो कदापि हुन सक्दैन । सरकारी स्कूल र बोर्डिङ स्कूलमा पढ्दैमा पक्षपात गर्न मिल्दैन ।’
निजी विद्यनलयमा पढ्न धनी र सरकारी विद्यालयमा पढ्ने विद्यार्थी गरिवको छोराछोरी हुन् भन्ने भ्रम अन्त्य गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘सरकारी विद्यालयमा धनीका छोराछोरी पनि पढेका छन् । मुख्य कुरा सोंच परिवर्तन हुन आवश्यक छ ।’
मुलुक समृद्धि बनाउने ढंगले ने अवको शिक्षा नीति बन्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए । मुलु समृद्धिका लागि नयाँ पिंढीलाई उपयुक्त शिक्षा दिनुपर्ने भन्दै उनले यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको स्पष्ट पारे ।
‘अवको शिक्षा व्यवहारिक हुन जरुरी छ’, मन्त्री गुरुङले भने, ‘विद्यार्थीले पाएको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने बनाउनुपर्छ । तबमात्र मुलुक समृद्धितर्फ जान्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->