आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लागूपदार्थ सेबनकर्तामा प्रअकै नाम आएपछि प्रहरी चकित !

लागूपदार्थ सेबनकर्तामा प्रअकै नाम आएपछि प्रहरी चकित !

बिद्यामन्दिर माबिका कक्षा ९, १० तथा कक्षा ११ का शिक्षा र मानबिकी संकाय पढ्ने बिद्यार्थीको भीडमा प्रहरी कार्यालय र सामुदायिक प्रहरीले सचेतना कार्यक्रम गरेको थियो ।


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७६, बुधबार

बागलुङ, ८ माघ – झण्डै २ सय बिद्यार्थीले सभाहल भरिएको थियो । जिल्ला प्रहरी प्रमुख नवराज भट्टले आफ्नो साथीको भबिष्य सुरक्षित राख्नेभए सत्यकुरा लेखिदिन आग्रह गरेर सबैलाई एकएकवटा चिट हातमा थमाए । मंगलवार दिउसो बिद्यामन्दिर माबिका कक्षा ९, १० तथा कक्षा ११ का शिक्षा र मानबिकी संकाय पढ्ने बिद्यार्थीको भीडमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवाले सचेतना कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा भट्टले हरेक बिद्यार्थीको हातमा एकएकवटा चिट थमाएका थिए । आफ्नै साथी कसैले चुरोट, गाँजा वा अन्य लागूपदार्थ खाएको शंका भए लेख्न लगाए ।
त्यसपछि बिद्यार्थीले धमाधम आफ्नै साथीहरुको नाम लेखे । त्यो भीडबाट प्रअ सहित चार शिक्षकको समेत नाम आयो । उक्त कार्यक्रममा केही बिद्यार्थीले प्रअ शान्तमणी ढकाल, शिक्षकहरु छविरमण रेग्मी, थानेन्द्र गौतम र राजेश श्रेष्ठको नाम समेत लिन भ्याए । बिद्यार्थीको पिशाब परीक्षण गराएर लागूपदार्थ सेवन गरे नगरेको खोज्न पुगेको प्रहरीले शिक्षकको पनि परीक्षण गर्न बाध्य भयो । उनीहरुको पनि पिशाव परीक्षण गराएको थियो । उनीहरुको पिशाबमा केही नभेटिएको भट्टले बताए ।
शिक्षक बाहेक बिद्यार्थी भित्रै व्यक्तिगत नाम किटेर लेखिएका ५० वटा चिट भेटिए । ती बिद्यार्थीलाई एकातर्फ राखेर प्रहरीले पिशाब परीक्षण गरायो । परीक्षण गराएका मध्येबाट १५ बिद्यार्थीले गाँजा लगायतको लागूपदार्थ खाएको भेटियो । ती मध्ये केही छात्राहरु पनि थिए । भट्टका अनुसार बढी सेवन गर्ने दुइचारजनामा छात्रा छन् । बागलुङ नगरपालिकाको सहयोगमा खरिद गरिएका किटको प्रयोग गरेर बिद्यार्थीको स्वास्थ्य परीक्षण गराइएको थियो । केही बिद्यार्थीले साथीभाइले रिसले नाम दिएको टिप्पणी गर्दै थिए । तर एक घण्टा नबित्दै सबैको पिशाब परीक्षण गराएपछि लागूपदार्थको सेवन गरे नगरेको प्रष्टै भयो ।
किसोर र युवा अबस्थाका बालबालिकाले लुगा लगाउने, खाने र सरसफाईमा ध्यान नदिने, पढाई बिग्रदै जाने, घरमा बाबुआमाले भनेको नमान्ने जस्ता क्रियाकलाप गरेपछि लागूपदार्थको दुव्र्यसनमा लागेको शंका हुने भन्दै लागूपदार्थ दुव्र्यसन बिरुद्ध अभियान चलाएको छ । ‘युवाहरु दुव्र्यसनमा फस्दा घरपरिवार, समाज र राष्ट्र समेत बिकासमा पछाडि परेको छ’ भट्टले भने, ‘युवालाई समयमा सही मार्गमा लैजान नसके भविष्य अन्धकार बन्छ ।’ दुव्र्यसनमा फसेको युवालाई फेरी सामान्य मार्गमा ल्याउन कठिन हुने भन्दै समयमा सचेत बनाउन अभियान चलाएको बताए ।
अहिले सम्म प्रहरीले सदरमुकामका अधिकांस निजी तथा सार्वजनिक बिद्यालय, ग्रामीण क्षेत्र र आमासमूह मार्फत दुव्र्यसन बिरुद्धको अभियान चलाएको छ । बालबालिका दुव्र्यसनमा फसेको थाहा पाउने पहिलो व्यक्ति उसकै आमा हुन्छ भन्दै भट्टले भने, आमाहरुले चाहे भने समस्या समाधानमा धेरै सहज हुन्छ । समस्या लुकाएर भन्दा उजागर गरेर न्युनिकरण गर्न सकिने समेत उनले बताए । स्थानीय तहलाई लागू पदार्थ दुव्र्यसनको न्युनिकरणमा बजेट बिनियोजन गरेर सचेतना अभियान, स्वास्थ्य परीक्षण र अन्य क्रियाकलाप संचालन गर्न पनि उनले आग्रह गरे । उक्त कार्यक्रम उपयोगी भएको भन्दै बिद्यामन्दिर माबिका प्रअ शान्तमणी ढकालले अन्य संकायमा अध्ययन गर्ने बिद्यार्थीमा पनि पिशाब परीक्षण गराउने बताए । ‘यो धेरै उपयोगी बिधि र कार्यक्रम रहेछ, बिग्रन लागेका बालबालिकालाई समयमै सचेत गराउने अबसर हो’ ढकालले भने, ‘कक्षा ८ देखि माथी पढ्ने हरेक बिद्यार्थीको पिशाप परीक्षण गर्ने र उनीहरुको समस्या बारे अभिभावकलाई समेत जानकारी गराइनेछ ।’ समयमा जानकारी गराउन सकियो भने बालबालिकाको संगत र व्यवहार परिवर्तनमा सहयोग पुग्ने समेत उनले बताए ।
लागूपदार्थ दुव्र्यसनमा फसेको युवालाई सहीमार्गमा फर्काउने भन्दा लाग्नै नदिने उपायाको खोजी गर्न यो अभियान थालिएको सामुदायिक प्रहरी सेवा गुठीकी अध्यक्ष लीला खड्काले बताईन् । बालबालिका दुव्र्यसनमा फस्दा अभिभावकको खर्च र लगानी बढ्ने भन्दै उनले समयमा सचेत बनाउन सकियो भने बालबालिकाको पढाई समेत सुधार हुने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->