आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एन्फा कास्कीका अध्यक्षलाई सांसद मनाङेको तीन झापड

एन्फा कास्कीका अध्यक्षलाई सांसद मनाङेको तीन झापड

झापड दिएर आएको छु, अब बुद्धि आउला – मनाङे


  • ढोरपाटन संबाददाता
  • माघ ८ २०७६, बुधबार

पोखरा,८  माघ – प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्धाटन मंगलबार भएको छ । पोखरा महानगरपालिका स्थित लेखनाथको भण्डारढिक खेलमैदानमा आयोजित प्रतियोगिताको उद्धाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।
तर, उद्धाटनको पहिलो खेल भन्दा पनि सांसदको झापडले चर्चित बनेको छ । कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले तीन झापड प्रहार गरेका छन् ।
उनले झापड हानेको स्विकार पनि गरे र भने, “तीन झापड हानेको हुँ । अब बुद्धि आउला ।” हातपात किन भन्ने प्रश्नमा मनाङेले भने, “खेलाडीलाई ग्राउण्ड पनि दिएका छैनन् । गाउँबाट बोलाएर… मनाङबाट आएको सात दिन भयो । हामी आफैले पालेर राखिदिएको छु । यिनीहरुले अहिलेसम्म ग्राउण्ड दिएका छैनन्, गाडी दिएका छेनन् । यिनीहरुले के गरेको यार ? कहाँ सुत्ने केही थाहा छैन्, अब हाम्रो मनाङको गेम त यहाँको कास्की र हेम्जाको जस्तो त होइन नि ।”
एन्फा कास्कीका अध्यक्षलाई सुरुमा सम्झाएको तर उनले ढाँटेको, समकक्षीलाई वास्ता नगरेको उनले बताए ।
आजबाट गेम छ, टाइसिट बल्ल हिजो आयो ।

“त्यसलाई (एन्फा कास्कीको अध्यक्ष) लाई मैले राम्रो सँग सम्झाएको थिएँ, अझै ढाँट्दो रहेछ । ग्राउण्ड उनीहरुले मिलाइसक्यो रे, कहाँको भन्दा पुलिस ग्राउण्ड रे, मुखले भनेर हुन्छ हाम्लाई, पत्र आउन परेन ? त्यो चोरजस्तो काम गर्न भएन नि, पैसा ठग्ने बस्ने, यस्तो चोर रैछ यिनीहरु त ।”
एनपmा मनाङका अध्यक्ष दावासिंह गुरुङ (निरज) ले पनि कास्कीका अध्यक्षसँग सम्पर्क हुन नसकेको बताए ।
“के भन्नु र खै, हामी यहाँ आएको यत्रो दिन भइसक्यो, ग्राउण्ड पनि मिलाउँदैन, फोन पनि उठाउँदैन । कमसेकम प्राक्टिसको लागि एउटा ग्राउण्ड त दिनुपथ्र्यो । बोलाएपछि अलिकति सहयोग त गर्नुपर्ने हो नि उहाँहरुले ।” उनले भने ।
निरजका अनुसार मनाङका खेलाडीलाई अहिले पनि मनाङले नै व्यवस्थापन गरेको छ । जबकी एन्फा केन्द्रले लजिङ, फुडिङ, ट्रान्सपोर्टको व्यवस्थापन गर्ने बताएको थियो ।
“यसको पनि केही सल्लाह भएको छैन् । खान, बस्नको कुरा त हाम्रो गाउँबाट आएपछि हामीले नै गरेका छौँ, तर आयोजकले ढाँट्न हुँदैन नि, बोलाएर यस्तो गर्ने ?” उनले प्रश्न गरे ।
मनाङेले एन्फामा भ्रष्टाचार बढेको समेत बताए ।
“एन्फामा एकदमै करप्सन बढेको छ, इलेक्सन हेर्नु न करोड करोड खर्च गरेको छ, कहाँबाट पैसा ल्याएको छ त ? यसरी नै पैसा खाने रहेछ के यिनीहरुले ।” उनले भने ।
मुख्यमन्त्रीलाई पनि एन्फाले यसरी नै डुबाउन खोजेको उनको आरोप छ ।
“मुख्यमन्त्री कप भनेको छ, हामी त मुख्यमन्त्री कप भनेर आइदिएको हो, आफ्नै पार्टीको भनेपछि इज्जतको कुरा पनि हुन्छ । यिनीहरुले मुख्यमन्त्रीलाई नि डुबाउँछ । मुख्यमन्त्री कप त्यस्तो भण्डारा भन्ने ठाउँमा राख्ने हो त ?” उनले प्रश्न गरे, “जब कि मुख्यमन्त्री भनेको स्टेटको चिफ हुन्छ, अनि केवलकार कप चाहिँ रंगशालामा राख्ने, मुख्यमन्त्री कप त्यहाँ लगेको छ । यस्तो बदमाशी गरेको छ यसले ।”
झापड पहिल्यै हान्नुपर्ने ….
आफूले झापड हानेको स्विकार्दै मनाङेले थपे, “त्यसको स्टाइल अलि बढि रहेछ, त्यसलाई झापट चाहिँ पहिल्यै, जिल्लामा यस्तोलाई त झापट हान्नुपर्ने रहेछ के ।”
एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले समेत पैसा खर्च गरेर चुनाव जितेको एन्फाका पदाधिकारी नै कमाउधन्दामा लागेका अहिले एन्फाका पदाधिकारी नै कमाउधन्दामा लागेका उनले आरोप लगाए ।
“कर्मा शेर्पाको प्रब्लम भनेको पहिले पैसा खर्च गरेर चुनाव जित्यो, अब यिनीहरु कमाउनका लागिसके के । एन्फाको सबै कमाउनमा लागेका छन् ।”
यो कार्यक्रमलाई गण्डकी सरकारले २० लाख रुपैयाँ सहयोग दिएको छ । मनाङेले यस्ता कार्यक्रमलाई सहयोग गर्न नहुने र मुख्यमन्त्रीले कमनसेन्स पु¥याउनुपर्ने सुझाव दिए ।
“मुख्यमन्त्रीले पनि यिनीहरुलाई सहयोग गर्नुहुन्न, हामीहरुलाई सहयोग नै छैन, भने सरकारले सहयोग किन गर्ने ? मुख्यमन्त्रीले पनि आफ्नो कमनसेन्स युज गर्नुपर्ने हो । मुख्यमन्त्री कप गाउँगाउँमा लगेर गर्ने हो त ?” उनले प्रश्न गरे, “अनि त्यहाँबाट २÷४ लाख दिने मान्छेको चाहिँ रंगशालामा गराउने ? धेरै बदमाशी गरेका छन्, यिनीहरुले ।”
अख्तियारमा मुद्धा नहालेसम्म झापडै दिउँ …
एन्फाको भ्रष्टाचार अख्तिायारमा मुद्धा नपर्दासम्म भइरहने मनाङेले बताए । उनले भने, “करप्सनको लागि अख्तियारमा गएर मुद्धा नहालेसम्म यी चोरहरुले पैसा खाइराख्छ, त्यो भएर यसलाई झापट चाहिँ दिनुपर्ने रहेछ के, मैले अघि त्यसलाई झापट दिएर आएको छु, यसको अब बुद्धि आउँछ, सबै मान्छेले देखेका छन नि त ।”
माननीय भनेर मान राखिदिएको हो, रिस हामीलाई पनि उठछ ः मिलन गुरुङ, कास्की अध्यक्ष
मनाङेले हात छाडेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सांसद भनेर मान राखिदिएको बताए । अतिथी भनेर बोलाएकै कारण आफूहरु संयमित भएको उनको भनाई छ ।
“हात हामीले पनि छाड्न सक्थ्यौँ, सांसद भनेर हो, हामीले अतिथी भनेर बोलाएका हौँ । हामीले गेम सकिएको भोलिपल्ट सम्म राख्ने हो ।” उनले भने, “सभाषद भनेर हामी संयमित भएको हो, मैले पनि ओभरटेक गर्न सक्थेँ, हाम्रो पनि छ नि त । मान राखिदिएका हौँ । उसको जस्तो रिस त हामीलाई नि आउँछ नि । सभाषद भन्दैमा जे नि बोल्न पाउँछ र ?”
उनले खल्तीको पैसा हालेर होटेल व्यवस्थापन गर्न नसकिने र नियमानुसार नै काम गरिरहेको बताए ।
“एक हप्तादेखि पाल्न सक्दैनौँ । घरको पैसा हाल्ने हो र ? होटेल खोजिदिएन रे, ग्राउण्ड दिएन रे, यहाँउहाँ दिन्छ यार । मैले खल्तीको पैसा हाल्ने होइन । मैले नियमानुसार नै गरेको हुँ ।” उनले भने ।
तर, गुरुङविरुद्ध पोखरा क्रियटिभ क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई अभद्र व्यवहार सहित हातपात गरेको अभियोगमा ठाडो उजुरी परेको छ । पोखरा महानगरपालिका ९ नयाँबजार स्थित पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेललाई (आईतबार) बिहान गुरुङले हातपात गरेका थिए ।
पौडेलले नै मुख्यमन्त्री कपको लागि प्रपोजल लेटरहरुको काम गरेका थिए ।
मंगलबारबाट सुरु भएको उक्त गण्डकी प्रदेश स्तरिय कपमा ११ जिल्ला मध्येबाट कुल ९ टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेता टिमले ३ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->