आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रियसभा निर्वाचनको लागि पोखरामा मतदान जारी

राष्ट्रियसभा निर्वाचनको लागि पोखरामा मतदान जारी


  • ढोरपाटन संबाददाता
  • माघ ९ २०७६, बिहिबार

पोखरा,९ माघ – राष्ट्रियसभा निर्वाचनको लागि गण्डकी प्रदेशमा मतदान जारी छ । प्रदेशमा राष्ट्रियसभा सदस्यमा दुई  पदको लागि निर्वाचन हुँदै छ । चुनवामा नेकपाले पार्टी प्रबक्ता  नारायणकाजी श्रेष्ठ र  भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  सूर्यप्रसाद रेग्मी र  विमला गौचनलाई उम्मेदवार बनाएको छ ।  राष्ट्रिय जनमोर्चाले यसपटक राष्ट्रियसभामा शंंकरप्रसाद बराललाई उम्मेदवार बनाएको छ ।अहिलेको चुनावमा विगतको जस्तो एकल संक्रमणीय मत प्रणाली लागु नहुने भएकाले बहुमतीय आधारमा बढी मतभार ल्याउने उम्मेदवार नै विजयी बन्नेछन् । निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरि कुल २७० जनाले मतदान गर्दैछन् ।  चुनावमा राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ तोकिएको छ ।यसका आधारमा गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधिको मतभार तीनहजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ । पाँच हजार ९४० मतभारमा बढी ल्याउने दुई उम्मेदवार विजयी बन्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->