आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जिससको  भूमीकालाई प्रभावकारी बनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह 

जिससको  भूमीकालाई प्रभावकारी बनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह 


  • हिमलाल पराजुली
  • माघ ११ २०७६, शनिबार

स्याङ्जा, ११ माघ, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला समन्वय समितिले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रह गरेका छन। जिल्ला समन्वय समिति महासंघ नेपालको रजत महोत्सव एवं २५ औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले सबै तह र संस्थाको अधिकारका बारेमा प्रष्ट पारेको बताउदै जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने कार्यमा जिम्मेवारी रहेकोले आफ्नो क्षमताको प्रयोग गर्न आग्रह गरे । संघमा नभइ अधिकार स्थानीय तहमा हुनु पर्छ भन्ने मान्यतामा आफु रहेको बताउदै अध्यक्ष तिमिल्सिनाले आवश्यक ऐन नियमहरु बनाएर परेका अप्ठेराहरुलाई फुकाउदै जाने बताए ।
कार्यक्रममा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा साकार पार्न लागि परेको बताइन । अहिले प्रतिपक्षले सरकारले केही गरेन भनेर चलाएको हल्ला सहि नभएको बताउदै प्रत्यक्ष जनता संग जोडिएका घटना र समस्याको सरकारले संबोधन गरिरहेको छ उनको भनाई थियो । भइरहेका कामलाई प्रभावित पार्नको लागि भ्रमको खेती गर्ने कार्यले आफैलाई हानी हुने भन्त्री अर्यालले बताइन । मन्त्री अर्यालले जिल्ला समन्वय समितिलाई प्राप्त अधिकारको सहि रुपमा प्रयोग गर्न आग्रह गर्दै गुनासो गर्नु भन्दा पनि थप अधिकारको लागि लाग्नु पर्नेमा जोड दिइन । विकासमा तीन ओटै तहको सहकार्य र सहयोग आवश्यक रहेको बतादै छोटो समयमा सबै काम पुरा गर्न नसकिने भएकोले आवश्कताका आधारमा सरकारले काम गरिरहेकोले नकरात्मक टिप्पणी मात्रै गरेर कसैलाई पनि फाइदा नपुग्ने भन्दै सरकारले विकासको जग बसालेकोले अब कामले गति लिने मन्त्री अर्यालको दावी थियो । कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ नेपालका अध्यक्ष सीताकुमारी सुन्दासले जिल्ला समन्वय समितिलाई नाम मात्रैको बनाइएको गुनासो ब्यक्त गरिन । जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने भनिए पनि स्रोत र साधन विहिन बनाइएको उनको गुनासो थियो । देशै भरका ७७ ओटै जिल्ला समन्वयका प्रमुख एवं उपप्रमुखहरुको उपस्थित रहेको कार्यक्रम शनिवार सकिने छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->