आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पाेखरा विमानस्थलबाट गाेली बाेकेर जहाज चढ्न लागेका व्यक्ति पक्राउ

पाेखरा विमानस्थलबाट गाेली बाेकेर जहाज चढ्न लागेका व्यक्ति पक्राउ


  • ढोरपाटन संबाददाता
  • माघ १२ २०७६, आइतबार

पोखरा,१२ माघ – राइफलको गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ।पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित पक्राउ गरेको हो। उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडाैं जाँदै थिए। विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य बस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए। उनका अनुसार गोली के प्रयोजनको लागि कता लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->