आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चीनमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर ल्याउदै

चीनमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर ल्याउदै

हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम भर्न आग्रह


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७६, शनिबार

काठमाडौं, १८ माघ – कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ । बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेकाे छ ।
फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फारम भर्न दूतावासले भनेको छ । फेब्रुअरी २ तारिख अर्थात् आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको र फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ । वी च्याटलगायतका सामाजिक सञ्जालमा आएका अन्य सूचनाले अफवाह फैलाउन सक्ने भएकाे तथा दूतावासको सूचना नै आधिकारिक भएकाले त्यसै अनुसार गर्न पनि दूतावासले भनेको छ।
फारामका लागि लिङक :
HTTPS://CN.NEPALEMBASSY.GOV.NP/?P=3053

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->