आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विश्वविद्यालय विज्ञापन नै नगर्ने, प्राध्यापकहरु पास नै नहुने !

विश्वविद्यालय विज्ञापन नै नगर्ने, प्राध्यापकहरु पास नै नहुने !

पिएनमा आंशिक प्राध्यापकको आन्दोलन


  • ढोरपाटन संबाददाता
  • माघ २० २०७६, सोमबार

पोखरा,२० माघ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बेलाबेलामा प्राध्यापकहरु माग गर्छ । केही समयअघिसम्म विश्वविद्यालयले कयौँ वर्षसम्म पनि प्राध्यापकको माग नै गरेन । नियमानुसार प्रत्येक ६–६ महिनामा आयोगले शिक्षक माग गर्नुपर्छ । तर, वेथितिले गाँजेको विश्वविद्यालय त्यो आवश्यकता महशुस गरेन । ३ –४ वर्षमा मात्रै विज्ञापन निकाल्दा धेरै प्राध्यापकहरुले सेवा आयोग जानै पाएनन् । पछिल्लो समय भने केही सुधार भएको छ । वर्षको एकपटकजसो विश्वविद्यालयले विज्ञापन निकाल्न थालेको छ ।
‘प्राध्यापक हुन लोकसेवा उत्तीर्ण हुनैपर्छ । तर, आयोग नै नखुल्दा प्राध्यापक हुनेहरुले लोकसेवा लड्नै पाएनन् । विश्वविद्यालयले कति प्राध्यापक आवश्यक छन् भन्ने नहेरेर सीमित सिटमा मात्रै विज्ञापन निकाल्नाले पनि धेरैको प्राध्यापक हुने रहर पूरा भएन ।

‘ टियुको विज्ञापन अलि ढिला हुन्छ र आवश्यकता नहेरेर थोरै मात्र मान्छे मागिन्छ’, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर चन्दबहादुर थापाले भने,‘हिजो दुईवर्षको कोर्ष थियो, अहिले ४ वर्षे भएको छ तर पनि उस्तै छ ।’अर्कोतर्फ, विश्वविद्यालयले आंशिक र करारमा रहेकाहरुले मात्रै परीक्षा दिन पाउनेगरि पनि विज्ञापन निकाल्यो । कानूनत ः विज्ञापन निकाल्दा एउटा वर्गको मात्रै हित हेर्न मिल्दैन । तर, गरियो । सर्वोच्च अदालतमा यो विषयलाई लिएर मुद्दा नै प¥यो । तरै पनि जस्केलाबाट प्राध्यापक बनाउन छाडिएन ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा २ सय १८ जना आंशिक प्राध्यापक छन् । उनीहरुमध्ये कतिले प्राध्यापक बन्न परीक्षा दिए थाहा छैन । परीक्षा दिएर आफूलाई अब्बल सावित गर्नसके उनीहरु स्थायी नै बन्थे । तर,उनीहरु अहिले पनि ज्यालादारीमा पढाउँछन् ।
‘अहिले आंशिक रहेकाहरुले कि त अवसर नपाएको भन्नुप¥यो, हैन भने परीक्षा उत्तीर्ण हुन नसकेर आंशिकमा झुण्डिएको पनि स्वीकार्न प¥यो नि’, क्याम्पस प्रशासनका एक कर्मचारीले भने,‘ आफूलाई अब्बल सावित गर्नेहरु सबै स्थायी नै भएका छन् ।’ उनले खुल्ला परीक्षा हुने हो र अहिले भएका प्राध्यापकहरुलाई पनि परीक्षा दिन लगाउने हो भने यीमध्ये कति पास होलान ? भन्ने प्रश्न पनि गरे ।
अहिले उनै आंशिक प्राध्यापकहरु आन्दोलनमा छन् । आन्दोनल चर्किँदै गर्दा कजेजको पढाई बन्द भएको छ । आइतबार त समस्या समाधान होस् र आफूले पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीहरुले पनि कलेजको मुलगेटमा ताला लगाए । आंशिक समान ज्याला मासिक रुपले पाउनुपर्ने तथा आफूलाई करारमा राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहँदा भएको समस्या समाधानको प्रयास पनि सफल हुन सकेको छैन । क्याम्पस प्रशासनले यो समस्या समाधानको लागि विश्वविद्यालय गुहारेको छ । समस्याबारे बुझ्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको प्रतिनिधित्व गर्दै ३ सदस्यीय टोली पोखरा आएको छ । विश्वविद्यालयबाट आएका ओम बराल, कृष्ण आचार्य र बाबुराम दाहालले समस्या के हो भन्नेबारे सबै विभागीय प्रमुखहरुसँग बुझेका छन् । क्याम्पस प्रमुख थापाका अनुसार तत्काल के गर्न सकिन्छ,पछि के गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ । विश्वविद्यालयले यो समस्या समाधान गर्न छुट्टै टास्कफोर्स बनाउने तयारी पनि थालेको छ । तर, समस्याको जरो बुझ्न आएको प्रतिनिधिमण्डसँग आन्दोलनरत आंशिक प्राध्यापकले भने वार्तामा बस्न अस्वीकार गरेका छन् । कार्यदलको कामप्रति असन्तुष्टी जनाउँदै वार्तामा नबस्ने अडान लिएको

आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले बताए । ‘वार्ता टोली हामीमा परेको समस्या समाधान गर्न होइन, समस्यालाई आलटाल गरेर झन समस्या थप्न आएको जस्तो देखियो’,उनले भने,‘कार्यदलले तयारी नगरी आएको जस्तो लाग्यो त्यसैले यही अवस्थामा वार्तामा वस्दैमा समस्या समाधान हुँदैन ।’ यता, विद्यार्थीहरुले नियमित रुपमा समस्याको समाधान गर्नु पर्ने र पठनपाठन पनि नियमित गर्नु पर्ने भन्दै क्याम्पसको मुख्य प्रशासनको मुख्य गेटमा तालावन्दी गरेका छन् । स्वस्फुर्त रुपमा उत्रिएको विद्यार्थीहरुको भीडले नियमित पठनपाठन गर्नु पर्ने भन्दै नारावाजी सहित वार्ता तालावन्दी गरेका थिए । अनेरास्ववियूका क्याम्पस कमिटीका अध्यक्ष राजन शर्माले आशिंक प्राध्यापकको मागलाई तत्काल व्यवस्थापन गर्नु पर्ने भन्दै कुनै पनि वहानामा विद्यार्थीको पढाई रोक्न नहुने धारणा राखे । नेपाल विद्यार्थी संघका समापति दिपक शर्माले विद्यार्थीको पढ्न पाउने अधिकार कुनै पनि हालतमा वञ्चित गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->