आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१६ जिल्लाका सिडिओको सरुवा, बागलुङमा गौंगोचन सैँजू र गोरखामा सुरेन्द्र पौडेल

१६ जिल्लाका सिडिओको सरुवा, बागलुङमा गौंगोचन सैँजू र गोरखामा सुरेन्द्र पौडेल


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७६, सोमबार

काठमाडौं, २० माघ – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको छ ।मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।१६ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर भएको छ । हालै बढुवा भएका सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । गृह मन्त्रालयले ईलाममा तुलसीराम सेढाईं, बागलुङमा गौंगोचन सैँजू, गोरखामा सुरेन्द्र पौडेल, कञ्चनपुरमा नुरहरि खतिवडा, पाल्पामा यादव सुवेदी, पर्सामा विष्णुकुमार कार्की, सिन्धुपाल्चोकमा उमेश ढकाल, सुर्खेतमा रमेश न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ। नवलपरासी पूर्वमा पीताम्बर घिमिरे, रामेछापमा रुद्रादेवी शर्मा, खोटाङमा शालिकराम शर्मा पौडेल, सल्यानमा शिवराम पौडेल, डडेल्धुरामा जगनाथ पन्त र काभ्रेमा श्रवणकुमार तिमल्सिनालाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।त्यसैगरी, मुगुमा कृष्णकुमार निरौला र भोजपुरमा वसन्त गिरीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->