आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडिगाडको बलघाँसमा ट्याक्टर दुर्घटना,सहचालक आश्विनको मृत्यु

बडिगाडको बलघाँसमा ट्याक्टर दुर्घटना,सहचालक आश्विनको मृत्यु


  • Dhorpatan News
  • माघ २० २०७६, सोमबार

बागलुङ,२० माघ – बागलुङको बडिगाड गाउँपालिका–९ बलघाँसमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँतर्फ ढुंगा लिएर गएको ध १ त ३७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक १८ वर्षीय आश्विन बिकको घटनास्थलमै मृत्यु भएको हो।उकालो सडकमा ट्याक्टर रोकेर वट राख्ने क्रममा ट्याक्टर अचानक गुडेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी सहायक निरीक्षक धर्मराज खनालले जानकारी दिए।
दुर्घटनापछि भागेका ट्याक्टर चालक सन्तोष परियारलाई भिमगिठे बजारबाट नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खनालले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->