पर्वत ,२२ माघ – गुडिरहेको ट्रयाक्टरबाट खसेर पर्वतमा एक जनाको निधन भएको छ ।बेनी कुस्मा सडक खण्ड अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनीतर्फ इँटा लिएर जाँदै गरेको ध १ त २४२ नम्बरको ट्रयाक्टरबाट खसेर सोही ट्रयाक्टरका सहचालक बागलुङ जिल्ला घर भएका १९ वर्षीय उत्सव थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।जलजला गाउँपालिका – ७ मिलन चोकमा अचानक खसेका थापालाई उपचारका लागि म्यादी अस्पताल लगिएको भए पनि अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
प्रहरीले ट्रयाक्टरका चालक र ट्रयाक्टर दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।





