आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कांग्रेस उपसभापति विजय गच्छदार र दीप बस्न्यातसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, गच्छदार सांसदबाट स्वतः निलम्बित

कांग्रेस उपसभापति विजय गच्छदार र दीप बस्न्यातसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, गच्छदार सांसदबाट स्वतः निलम्बित


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०७६, बुधबार

काठमाडौ, २२ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हाे। अख्तियारले भ्रष्टचार मुद्दा दायर गरेसँगै गच्छदारको सा‌ंसद पद स्वत निलम्बनमा परेको छ। गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
अख्तियारले मुद्दामा पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक पूर्वाधार सचिव बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदार, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र तत्कालीन भूमिसुधार सचिव छविलाल पन्त, हाल जिल्ला न्यायाधीश रहेका तत्कालीन कानुन उपसचिव विनोदकुमार गौतममाथि ९ करोड ६५ लाख विगो मागदाबी गरेको छ।
त्यस्तै पूर्व भूमिसुधार सचिव दिनेशहरि अधिकारी माथि ७ करोड ८ लाख, तत्कालीन मन्त्री चन्द्रदेव जोशीमाथि पनि ७ करोड ८ लाख विगो मागदावी गरिएको छ। अख्तियारले मुद्दा दायर गरेका १७५ जनामध्ये ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो। ५० जना कुनै न कुनै समयका जग्गाधनी हुन्। ३२ जना मोही तथा हकदार हुन् भने ६० जना सार्वजनिक पदमा भएका व्यक्तिहरु हुन्।पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव नेपाल तथा पूर्व मन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन मुख्यसचिव लिलामणि पौडेलविरुद्द भने मुद्दा दायर गरिएको छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->