पोखरा,२४ माघ – पोखरा ६ खहरे स्थित अन्नपूर्ण गार्डेन क्याफे एवम् लाउन्जमा आगलागी भएको छ । शुक्रवार करिब १ बजेर २० मिनेटको समयमा आगलागी हुँदा भौतिक क्षती भएको छ ।
क्याफेमा सुकुटी फ्राइ गर्ने क्रममा लागेको आगोले लाखौ नगद पाँच लाख सहित लाखौ रकम बराबरको क्षती भएको संचालक मध्येका एक किरण गुरुङले जानकारी दिए । भान्सामा लागेको आगोले रेष्टुरेन्टको भित्री भागमा क्षती पुगेको हो । आगो लागेसंगै केहि समयमा नै आगो नियन्त्रणमा लिदा ठुलो क्षती भने हुन सकेन । आगो नियन्त्रण गर्न नेपाल आर्मी भगवती गण बाट खटियका सेनानि पवन विष्टको कमान्ड मा १र४४ को नर्फि वडा प्रहरी कार्यलय बैदाम बाट खटियका डिएसपी यादव ढकाल को कमान्ड मा १र३५ नर्फि र सशस्त्र प्रहरी बल मालेपाटन बाट खटियका सशस्त्र प्रहरी नायव निरीक्षक धर्मेन्द्र चैधरि कमान्ड १ र २० नर्फि र पोखरा महानगरपालिकाको दमकल सहित स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागि बाट मानविय क्षती भने नभएको कास्की प्रहरीले जानकारी दिए । आगलागीबाट के कति क्षति भयो भनी यकिन भने भएको छैन ।





