आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फागुनदेखि नारायणीमा मोटरबोट ,अनलाइन बुकिङ खुल्दै

फागुनदेखि नारायणीमा मोटरबोट ,अनलाइन बुकिङ खुल्दै


  • Dhorpatan News
  • माघ २६ २०७६, आइतबार

चितवन, २६ माघ – नारायणी नदीमा आगामी फागुनदेखि मोटरबोट सञ्चालनमा आउने भएको छ।भरतपुर महानगरपालिका–१६ मा मोटरबोट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ मोटरबोट निर्माण सुरूवात भएको थियो। मोटरबोट बनाइरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो।मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने उनले जानकारी दिए।’बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ’, उनले भने। उनले १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->