आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बसको ठक्करबाट पर्वतमा एक व्यक्तिको मृत्यु

बसको ठक्करबाट पर्वतमा एक व्यक्तिको मृत्यु


  • ढोरपाटन संबाददाता
  • माघ २६ २०७६, आइतबार

पर्वत, २६ माघ – पर्वत सदरमुकाम कुश्माको शिवालयचोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुस्ताङबाट पोखरा जाँदै गरेका ग १ ख ७००३ नम्बरको बसले आइतबार दिउँसो १२ः४५ मा ठक्कर दिँदा मोदी गाउँपालिका वडा नम्बर ४ लेस्पारका ३४ बर्षिय डिल बहादुर पुन फगामीको उपचारको क्रममा मृत्यु भएको हो । फगामीको उपचारको लागि जिल्ला अस्पताल पर्बतमा लगिएको र उपचारको क्रममा चिकिस्सकले केहि बेरमा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ । अहिले बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी निरिक्षक बिकास थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->