आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड


  • Dhorpatan News
  • माघ २७ २०७६, सोमबार

काठमाडौं, २७ माघ – आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् ।एसियाली व्यवस्थापन संघहरूको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले ढकाललाई सो सम्मान प्रदान गरेका हुन् ।

राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यवसायको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएका कुशल एवम् सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो ।नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा उहाँको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।

अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिए ।उनले यो सम्मान आफूले ग्रहण गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान हो भनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->