आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रहरीको सर्वोच्च कमाण्डर प्रहरी महानिरीक्षकमा ज्ञवाली नियुक्त

प्रहरीको सर्वोच्च कमाण्डर प्रहरी महानिरीक्षकमा ज्ञवाली नियुक्त

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा ज्ञवाली प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७६, मंगलबार

पोखरा, २८ माघ – सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय भएको बताए । प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो ।प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।
हाल प्रहरी नायब महानिरीक्षकका रुपमा ज्ञवाली प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->