आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अझै भेटिएनन् हिम पहिरोमा हराएका ७ जना

अझै भेटिएनन् हिम पहिरोमा हराएका ७ जना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७६, शुक्रबार

पोखरा,२ फागुन – एक महिनाअघि अन्नपूर्ण आधारशिविर जाने बाटोमा ४ कोरियाली र ३ नेपाली सहित ७ जना हराए । विश्वकै चर्चित पदमार्गमा हराएका उनीहरु अझैसम्म भेटिएका छैनन् ।
बेसक्याम्पको हिँकु केभ र देउरालीबीचको भागमा हिम पहिरो जाँदा उनीहरु बेपत्ता बनेका थिए । अत्यधिक हिमपातका कारण उनीहरुको खोजतलास गर्न पनि गाह्रो परेको सरोकारवाला निकाय बताउँछन् ।
पश्चिमाञ्चल ट्रेकिङ एजेन्सिज एसोसियसन (टान)का अध्यक्ष हरि भुजेलका अनुसार हिमपहिरोमा हराएका ७ जनाको अझैसम्म उद्धार गर्न सकिएको छैन । हिमपहिरोमा परेकाहरुलाई उद्धार गर्न काठमाडौंबाट आएका टोलीसहित जाँदा पनि उनीहरुको कुनै पत्तो नलागेको उनले बताए ।
‘हिम पहिरोमा परेकाहरुलाई उद्धार गर्न काठमाडौंबाट पनि एक्सपर्टिज टोली आएको थियो,’ उनल भने, ‘उहाँहरुसँगै उद्धारको लागि हाम्रो टोली पनि गयो । त्यहाँ पुगेर नुन खन्याएर हेर्दा पनि कुनै पत्तो लाग्न सकेन ।’
डिडेक्टर मेसिन ल्याएर हिउँमा ५ मिटर खाल्डो खनेर ५ मिटर लामो डिडेक्टर रड गाड्दा पनि जमिनको सतह फेला पर्न नसकेको उनले बताए । ५ मिटर खाल्डो खनेर ५ मिटरको डिडेक्टर रड गाड्दा पनि जमिनको सतह नभेटिएपछि अझै १२, १३ मिटर भन्दा गहिरो हिउँ जमेको हुन सक्ने उनले अनुमान लगाए ।
हिमपहिरो गएको ठाउँमा खाल्डा खन्दा एउटा मालासम्म भेटिएको उनले जानकारी दिए । हिउँ नपग्लिएसम्म कुनै पत्तो लाग्ने छाँटकाँट नदेखिएपछि काठमाडौंबाट आएको टोली फिर्ता गई सकेको उनले बताए ।
‘उनीहरुको भनाई अनुसार गर्मी महिना सुरु भएर हिउँ नपग्लिउन्जेलसम्म हिमपहिरोमा हराएकाहरुको कुनै पत्तो लाग्न सक्दैन,’ उनले भने, ‘यो अथेन्टिक सरकारी निकायले नबताए पनि, यही क्षेत्रमा काम गरिरहेको एक्सपर्टिजहरु भएको हुनाले आधिकारीक मान्न सकिन्छ ।’
हिमपहिरोमा हराएका ७ को उद्धार गर्न सरोकारवाला निकायहरुलाई पनि झकझकाई रहेको उनले बताए । हराएका ७ को उद्धार गर्न प्रदेश सरकारदेखि सिडिओसम्म सकारात्मक रहेको उनले सुनाए ।
हिउँ जमेर बाक्लो सतह बनेको हुनाले पुन ः हिमपहिरो जाने सम्भावना रहेकाले अझै एक÷डेढ महिना कुर्नु पर्ने अवस्था आएको उनले बताए । ‘करिब १२ ÷१३ मिटर हिउँ जमेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा हिउँ खोस्रिँदा फेरि पनि हिमपहिरो जाने सम्भावना रहन्छ । अझै एक÷डेढ महिना गर्मी सुरु नभएसम्म उद्धार गर्न सकिने अवस्था पनि छैन ।’ हिमपहिरोमा हराएका ४ कोरियाली नागरिकका परिवार आएर भेटिने सम्भावना नदेखेपछि कोरिया फर्कीसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->