पोखरा, ३ फागुन – केहि समय अघि अमरसिंह माविमा छात्रा माथि यौन हिसां भएको भन्ने खवर सेलाउन नपाउँदै पोखराको अर्को विधालयमा पनि यौन हिसांको आरोपमा शिक्षक पक्राउ परेका छन ।
पोखरा महानगरपालिका ११ फुलबारी स्थित भास्कर मेमोरियलका संचालक विश्व बास्तोलाले आफ्नै विधालयको एक छात्रालाई यौन शोषण गरेको भन्दै कास्की प्रहरीले पक्राउ गरेको छ ।
सधैँ बालिकालाई विधालय लिएर जाने शिक्षकले नै बालिका माथि हिसां गरेका हुन ।सधै जसरी नै बालिकाको घरमा पुगेर नै बास्तोलाले उनलाई लिएर जान्थे ।
सधैँ जाने आफ्नै गुरुले विधालय आउँदा आउँदै बास्तोलाले बालिकाको हात समाएको बालिकाले अभिभावक संग गुनासो गरेकी छन् । हात समातेको केहि समय पश्चात बास्तोलाले छात्राको पिडुला भन्दा माथि हात लगेर हिंसा गरेको बालिकाले प्रहरीलाई बताएकी हुन । बालिकाले शिक्षक संग बिरामी भएको खवर गरे पछि विधालयले उनको अभिभावकलाई फोन गरेर समेत जानकारी दियो । बालिका बिरामी भएको खवर पाए लगत्तै उनका दाई उनलाई लिनको लािग विद्यालय पुगे । विद्यालयमा बालिकाले दाईलाई देखेपछी रुदै बास्तोलाले गरेको व्यवहार सुनाईन । केही समयमा नै विद्यालयमा बालिकाका आफन्त आएर बास्तोलासंग कुरा बुझन समेत खोजे .तर बास्तोलाले उनीलाई नै थर्काउन थाले । बालिबालिकाका आफन्तले बास्तोलामाथी हातपात गरेर वडा प्रहरी कार्यालय रामबजारमा खबर गरे । वडा प्रहरी कार्यालय रामबजारको टोलीले बास्तोलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएपी राजकुमार केसीले बालिका माथि हिसां गरेको उजुरीको आधारमा पक्राउ गरी आवश्य अनुसन्धान अघि बढाएको जानकारी दिए । यस अघि पनि अमरसिंह माविका शिक्षक उदय पोखरेलले एक छात्रा माथि हिसां गरेको घटना बाहिर आएको थियो ।





