काठमाडाैं, ५ फागुन -पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारसम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ ।मुद्दाको सुनुवाई आइतबार सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रैछ । काठमाडाैं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको छ ।संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडाैंमा मुद्दा दर्ता भएको थियो ।महरा गएको कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा छन् ।





