आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अदालतले पूर्वसभामुख महरालाई दियाे सफाइ

अदालतले पूर्वसभामुख महरालाई दियाे सफाइ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७६, सोमबार
sf/fuf/af6 aflxl/g] s|ddf dx/f sf7df8f}F, % kmfu'g M lhNnf cbfnt sf7df8f}Fn] k"j{;efd'v s[i0faxfb'/ dx/flj?bsf] anfTsf/sf] k|of;sf] d'bbfdf ;kmfO kfPkl5 sf/fuf/ sfof{no l8NnLahf/af6 aflxl/g] s|ddf dx/f . t:jL/ M gjLg kf}8]n÷ /f;;

काठमाडौँ, ५ फागुन – पूर्वसभामुख कृष्णबहादुर महराले अदालतबाट निर्दाेष ठहरिएका छन् ।जिल्ला अदालत काठमाडौँले उनलाई सोमबार सफाइ दिएको फैसला गरेको अदालतले जनाएको छ ।आइतबार नै बहस सकिएको तर फैसला भने न्यायाधीश अम्बरराज पौडेलले सोमबार मात्रै सुनाएका थिए । अभियोग दावी नपुगेकोले उनले सफाइ पाएको अदालतले जनाएको छ ।पूर्वसभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर गरिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश थियो ।पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->