काठमाडौं, ६ फागुन – बलात्कार मुद्वामा सफाई पाएका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले संसदलाई पत्र नपठाएसम्म प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएका छन् ।महरालाई अदालतले सोमबार सफाई दिएपनि महराको फैसला तयार पारेको छैन। फैसला तयार नभएको अवस्थामा अदालतले पत्र पठाएमात्र उनको सांसदको हैसियत पुनर्वहाली हुनेछ।उनको सांसद पदको सेवा, सुविधा र हैसियत अहिले स्थगनमा छ। प्रतिनिधिसभाको बैठक मंगलबार १ बजे बस्दैछ ।





