काठमाडौ,६ फागुन – पेट्रोलियम पदार्थकाे मूल्य घटेको छ । नेपाल अायल निगमले पेट्रोल , डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर २,२ रूपैयाँ घटाएको हाे । नयाँ मूल्य साेमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । पेट्रोलकाे अब प्रतिलिटर १०८ रूपैयाँमा पाइने भएको छ। डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ९७ रूपैयाँ ताेकिएकाे छ । ग्यासको मूल्य भने विगतकै यथावत रहेकाे निगमले जनाएको छ ।





