आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एबिसीमा व्यावसायिक हेलिकोप्टर उडानमा रोक !

एबिसीमा व्यावसायिक हेलिकोप्टर उडानमा रोक !

होला त कार्यान्वयन ?


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७६, बुधबार

पोखरा,७ फागुन – अन्नपूर्ण गाउँपालिकाको गतवर्ष साउनमा बसेको चौंथो गाउँसभा बैठकले अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टरको व्यावसायिक उडानमाथि रोक लगाउने निर्णय ग¥यो । हेलिकप्टरको चर्को आवाजले हिमाली पशुपंक्षी तर्सिएर भाग्न थालेपछि गाउँसभाले यस्तो निर्णय गरेको थियो ।
तर, उक्त निर्णय कार्यान्वयन भने हुन सकेको थिएन । एबिसी मा हेलिकप्टरको व्यावसायिक उडानमा रोक लगाउन नसके पनि गाउँपालिका अध्यक्ष युवराज कुँवरले एबीसीमा हेलिकप्टर उडान रोक्नुपर्ने भन्दै चर्को आवाज उठाउँदै आएका थिए ।
गाउँसभाले निर्णय पास गरेको एक वर्षपछि गाउँपालिकाले पुन ः हेलिकप्टरको व्यनवसायिक उडान माथि रोक लगाउन कसरत थालेको छ । अन्नपूर्ण गाउँपालिका ११ का अध्यक्ष हिमबहादुर गुरुङका अनुसार एबिसी मा हेलिकप्टर उडान रोक लगाउन गाउँपालिका लागि परेको छ । यसअघि निर्णय भएर लागु नभए पनि यसपटक भने रोक लगाउन आफूहरु लागिपरेको उनले बताए । ‘पोहोरै हामीले एबिसीमा हेलिकप्टर उडानमा रोक लगाएका थियौँ’,उनले भने,‘तर, यसपटक भने कार्यान्वयन गरेर छाड्छौँ ।’
अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले दैनिक ५० को हाराहारीमा हेलिकप्टर उडानले एबिसीको पर्यावरणमा नै असर परेपछि हेलिकप्टरको व्यावसायिक उडान रोक्नुपरेको बताउँछन् । हेलिकप्टरको व्यावसायिक उडानमाथि रोक लगाउँदा भ्रमण वर्ष २०२० माथि असर नपरोस् भनेर आफूहरु विशेष सजग रहेको उनले बताए ।
यद्यपि, रेस्क्यु र भिआइपी उडानमाथि भने रोक नलगाइएको उनले जानकारी दिए । यस्तै, अन्य शारीरिक आशक्त भएर एबिसी जान चाहेको खण्डमा पनि हेलिकप्टरमा जान पाइने उनले बताए । ‘रेस्क्यु र भिआइपी उडानमा रोक लगाइएको होइन है’,उनले भने,‘भ्रमण वर्ष २०२० लाई असर नपरोस् भनेर पनि हामी एकदमै सजग छौँ ।’
प्रभु हेली, एअर डाइनेस्टी, सिम्रिकलगायत ८ एअरका हेलिकप्टरले यसअघि एबिसीमा व्यावसायिक उडान गरेका थिए ।
अन्नपूर्ण संरक्षित अन्तर्गत पर्ने एबिसीमा हेलिकप्टरमार्फत वार्षिक १५ हजार पर्यटक पुग्ने गरेको बताइएको छ । पर्यावरणीय र पर्यटन क्षेत्रमा असर परेपछि हेलिकप्टरको व्यनवसायिक उडान रोकिएको एबिसीमा हेलिकप्टरको व्यावसायिक उडान रोक्नको लागि गाउँपालिकाले नागरिक उड्डयन मन्त्रालयलाई पत्र पनि लेखेको थियो ।
यता, जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेशकुमार केसी भने एबिसीमा हेलिकप्टर माथि लगाइएको रोकबारे आफू अनभिज्ञ रहेको बताउँछन् । मन्त्रालयमा हेलिकप्टरमाथिको व्यनवसायिक उडान रोक्न पत्र पठाएको विषयमा जानकारी पाए पनि व्यावसायिक उडानमा रोक लगाइएको विषयमा आफू जानकार नरहेको उनले बताए ।
‘एबिसीमाथि व्यावसायिक उडान रोक्न गाउँपालिकाले पत्र त पठाएको थियो’,उनले भने, ‘तर, रोक नै लगाइएको भन्ने विषयमा मलाई जानकारी छैन । हेलिकप्टरको उडानमा नियमन गर्नुपर्ने हो ।’
एक महिनाअघि हिमपहिरोमा परेर ४ कोरियाली र ३ जना नागरिक बेपत्ता भएपछि बेसक्याम्प एक महिनाको लागि बन्द भएको थियो । बेसक्यामप अनिश्चितकालको लागि बन्द भएको बेसक्याम्प खुलिसकेको छ । अनिश्चितकालको लागि बेसक्याम्प बन्द हुँदा मारमा परेका व्यवसायीहरुले बेसक्याम्प बन्द हुँदा पर्यटनमा असर परेको बताएका थिए । हेलिकप्टरबाट पर्यटक सीधै बेसक्यामप पुग्दा व्यवसाय धरापमा परेको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->