आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्‍चारमन्त्री बाँस्को‍टाले दिए राजीनामा

कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्‍चारमन्त्री बाँस्को‍टाले दिए राजीनामा


  • Dhorpatan News
  • फाल्गुन ८ २०७६, बिहिबार

काठमाण्डौं, ८ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टर खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँसकोटाको राजीनामा आएको हो । सञ्चारमन्त्री बाँसकोटाले पदबाट राजीनामा दिएको जानकारी प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले दिएका हुन् । सञ्‍चारमन्त्रीले पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी आएको छ’, सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा भने, ’‍औपचारिक पत्र पनि आउला ।’ मिश्रले स्वीस कम्पनीका नेपाली एजेन्टकारुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटासँग करोडौं कमिशनको डिल गरेको अडियो सार्वजनिक गरेका थिए । आफू संलग्न स्वीस कम्पनीले ७५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्री प्रिन्टरको भाउ बढाएर पनि ४ अर्ब भन्दा बढी झिक्न भनेको अडियो बुधबारदेखि भाइरल भइरहेको थियो । मिश्रले कम्पनीबाट प्राप्त हुने ७५ करोडमध्ये ५५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्रीले जर्मन कम्पनीबाट प्रिन्टर ल्याउन खोजेको रिसमा उक्त अडियो सार्वजनिक गरेका थिए । जुन अडियोमा दुईजनाबीच भएको टेलिफोन सम्वादमा कमिशनको बार्गे्निङ भएको प्रष्टै सुन्‍न सकिन्छ। कमिशन प्रकरणमा मुछिएपछि बाँसकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । त्यसअघि नेकपाका अध्यक्ष पुष्ककमल दाहालसँग पनि ओलीले भेटका थिए । भेटका क्रममा दाहालले बाँसकोटालाई मन्त्रीबाट हटाउन ओलीलाई सुझाव दिएका थिए । उता बाँसकोटाले कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बिहीबारै आफूले कुनै गल्ती नगरेको भन्दै नखाएको विष नलाग्ने तर्क गरेका थिए । बाँसकोटाले कमिशन मागेको अडियो सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदका दुवै सदनको बिहीबार बस्ने बैठक अवरुद्ध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->