आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शिवरात्रिसंगै पशुपतिनाथको मन्दिरमा १४१ किलो सुनको जलहरी !

शिवरात्रिसंगै पशुपतिनाथको मन्दिरमा १४१ किलो सुनको जलहरी !

कम्तीमा एक तोला र बढीमा एक किलोसम्म सहयोग गर्न सक्‍ने कार्यविधि बनाइएको छ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७६, बिहिबार

काठमाडौ, ८ फागुन – पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राख्‍ने भएको छ । यसका लागि आर्थिक संकलन गर्न कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाइएको छ । चाँदीको जलहरीलाई फेरेर सुनको राख्‍न लागिएको हो। अहिलेको बजार मूल्यअनुसार उक्त जलहरी ९२ करोडको हुने अनुमान गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए।
जलहरी राख्‍न कोष सञ्चालक परिषद्ले कार्यविधिसमेत पारित गरेको छ। कम्तीमा एक तोला र बढीमा एक किलोसम्म सहयोग गर्न सक्‍ने कार्यविधि बनाइएको छ। जुन दिन सहयोग गर्ने हो त्यही दिन सुनको बजार भाउअनुसारको रकम बैंकमा दाखिला गर्नुपर्ने हुन्छ। शिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिरमा दुई वटा घैला पनि राखिने थापाले जानकारी दिए। ‘मन्दिर भित्र र बाहिर एकएक वटा राखिनेछ,’ थापाले भने, ‘घैलामा गोप्य रूपमा स्वेच्छाले पैसा राख्न सकिन्छ।’ घैलामा पैसा राख्ने दाताको रेकर्ड नहुने र बैंक दाखिला गरेर सुनका लागि सहयोग गर्नेको भने अभिलेख राखिने उनले बताए।
साउदी अरब बस्ने भारतीय मुलका एक व्यापारिले सुनको जलहरी राख्ने इच्छा देखाएपछि कोषले दुई वर्षअघि नै योजना बनाएको थियो। स्थानीय र मन्दिरका भण्डारीले विरोध गरेपछि काम रोकिएको थियो। कोषका पूर्व कोषाध्यक्ष तथा वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले नांगो बस्ने भगवानेलाई किन सुनको जलहरी भन्दै विरोधको अगुवाइ गरेका थिए।
कोषले विश्वभरिका हिन्दुको आस्था केन्द्रमा सुनको जलहरी हुनु गौवरको विषय ठानेको छ। ‘संस्कृति भनेको नयाँ निर्माण पनि गर्नुपर्छ,’ सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरि ढुंगानाले भने, ‘यसलाई विरोध गर्नुभन्दा सबै मिलेर सफल बनाउनुपर्छ।’ पशुपतिमा रहेका चार भट्टले मात्रै जलहरी राख्ने काम गर्नुपर्छ। उनीहरूलाई यसका लागि तालिम दिइएको ढुंगानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->