आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा छुट्टाछुट्टै दुर्घटना २ को मृत्यु

पोखरामा छुट्टाछुट्टै दुर्घटना २ को मृत्यु


  • Dhorpatan News
  • फाल्गुन ९ २०७६, शुक्रबार

पोखरा,९ फागुन – पोखरामा शिवरात्रीको दिन छुट्टाछुट्टै दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।
पोखराको फुलबारी र छोरेपाटनमा सवारी अनियन्त्रित भइ दुर्घटना हुदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
पोखरा ११ फुलबारीमा बिहान ग १६ प ५५२२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा स्कुटर सवार भोजपुर रामप्रसाद गाउँपालिका घर भइ फुलबारीनै बस्ने ३० वर्षीय काइला राईको अस्पताल लादै गर्दा मृत्यु भएको हो । उनलाइ उपचारको लागी पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याउदा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।
त्यस्तै पोखरा छोरेपाटनमा निजी कार दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कालीमाटीबाट छोरेपाटन आउँदै गरेको ग २ ख ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ सडकमै पल्टिँदा एक महिलाको मृत्यु भएको हो । मृतकको पहिचान भने खुलिसकेको छैन । कार तिव्र गतिमा आएको कारण अनियन्त्रित भइ पल्टिदाँ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->