आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राजेश हमाल पक्राउ परेपछि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

राजेश हमाल पक्राउ परेपछि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

पृथ्वीनारायण क्याम्पस तनावग्रस्त


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७६, मंगलबार

पोखरा,१३ फागुन – नेपाल विद्यार्थी संघका नेता राजेश हमाल (रेशम) पक्राउको विरुद्धमा पृथ्वीनारायण क्याम्पस तनावग्रस्त बनेको छ । नेविसंघले सोमबार विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनमा मंगलबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ भने अहिले विद्यार्थी र प्रहरीबीच ढु्ंगा हानाहान भइरहेको छ ।
शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि स्थिती तनावग्रस्त बनेको नेविसंघले आरोप लगाएको छ । लाठीचार्जबाट नेविसंघ विज्ञान संकायका उपसभापति सुजन लामिछाने घाइते भएका छन् । उनलाई उपचारको लागि गण्डकी अस्पताल लगिएको छ ।
यता, कास्की प्रहरी प्रवक्ता राजकुमार केसी भने यसबारेमा अनभिज्ञ रहेको प्रतिक्रिया दिए । ‘उनीहरुले बाटो बन्द गरेका रहेछन्, प्रहरीले खुलाउन खोजेको मात्र हो ।’ उनले भने । माघ ८ गते क्याम्पस परिसरभित्रै दुई विद्यार्थी संगठनबिचको झडपलाई लिएर स्ववियु उम्मेदवार समेत रहेका नेविसंघ नेता राजेश हमालसहित ८ जनाविरुद्ध किटानी जाहेरी परेको छ । उक्त घटनामा अनेरास्ववियुका दुई विद्यार्थी घाइते भएका थिए भने उपचारपश्चात उनीहरु डिस्चार्ज समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->