आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फेवातालमा वेपत्ता युवाको शव भेटियो

फेवातालमा वेपत्ता युवाको शव भेटियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७६, मंगलबार

पोखरा,१३ फागुन – फेवातालमा डुंगा पल्टिदाँ बेपत्ता भएका राम शरण लुइँटेलको शव मंगलबार फेवातालबाट निकालिएको छ । काठमाडौंबाट पोखरा घुम्न आएको टोलीले चलाएको डुंगा सोमवार फेवातालमा पल्टिदा लुइँटेल वेपत्ता भएका थिए भने उनी संगै रहेका अन्य ३ जनालाई नेपाली सेनाले उद्धार गरेको थियो ।
सोमवार हराएका उनको शव मंगलवार शसस्त्र प्रहरीबलको गोताखोर टोलीले फेवातालबाट निकालेको हो । मंगलबार विहान पोखरामा वर्षा भएको कारण खोजी कार्यमा केहि समस्या भएपनि खोजी कार्यलाई शसस्त्र प्रहरीले तिव्रता दिएको थियो । लुइँटेलको शव करिव ४५ फिट पानि भित्र रहेको शसस्त्र प्रहरी जवान तथा गोताखोर दिर्घनारायण पौडेलले बताए । सोमवार भएको दुर्घटनामा डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु टोलीले उद्दार गरेको थियो । काठमाण्डौ महनागरपालिका १० कपन बस्ने २७ वर्षीय सुमित भन्ने राम शरण लुईटेलको मृत्यु भएको हो । काठमाण्डौ महनागरपालिका १० कपनका सुविन चालिसे र सोही ठाउँका रुपेश अधिकारीको शकुसल उद्दार गरिएको थियो । लुइँटेलभने डुङ्गा संगै हराएका थिए । सोमवार दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा डुंगा पल्टिएको थियो ।
प्राइभेट डु्ंगा लिएर गएका उनीहरु डुंगामा पानी भरिएपछि पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले बताए । फेवातालको सिरान खपौदीबाट उनीहरु डुंगा लिएर निस्केका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->