आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कार दुर्घटनामा नेकपा मालेका महासचिव सीपी मैनाली घाइते

कार दुर्घटनामा नेकपा मालेका महासचिव सीपी मैनाली घाइते


  • Dhorpatan News
  • फाल्गुन १५ २०७६, बिहिबार

काठमाडौं,१५ फागुन – महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटनामा परेका नेकपा मालेका महासचिव सीपी मैनालीलाई लिन नेपाली सेनाको हेलिकप्टर पठाएको छ।
बिहीबार दिउँसो मैनाली सवार बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पाँच जना घाइते भएका थिए।
मैनालीको टाउको र खुट्टामा चोट लागेको छ। दुर्घटनामा छोरा सरोज, बुहारी पूजा, नाति एन र चालक रामप्रसाद पौडेल घाइते छन्। झापाबाट काठमाडौं आउँदै गर्दा मैनालीको परिवार दुर्घटनामा परेका हुन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजान सेनाको हेलिकप्टर मगाइएको जानकारी दिए।
‘जनसेवा अस्पताल बर्दिवासले थप उपचारका लागि यहाँबाट रिफर गरेपछि हेलिकप्टर मगाएका हौं,’ उनले  भने, ‘उहाँको अवस्था गम्भीर भने छैन। तर अस्पतालले यहाँबाट रिफर गरिदिएपछि काठमाडौं लैजान लागिएको हो।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->