आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हिम पहिरोमा हराएका ७ मध्ये एकको शव भेटियो

हिम पहिरोमा हराएका ७ मध्ये एकको शव भेटियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७६, शुक्रबार

पोखरा,१६ फागुन –  अन्नपूर्ण बेसक्याम्प अन्तर्गतको हिंकु केभ र देउरालीबिचको भागमा एक महिना अघि हिमपहिरो जाँदा बेपत्ता बनेका ७ मध्ये एक जनोको शव भेटिएको छ । शुक्रबार, उद्धार टोलीले उक्त शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता राजकुमार केसीका अनुसार नेपाली गाइड सरोज परियारको शव भेटिएको हो । स्थानीयको जानकारीलायई उद्धृत गर्दै उनले भने, ‘नेपाली गाइड सरोज परियारको शव भेटिएको हो । उद्धार टोलीले उद्धार गरेको छ । प्रतिकुल मौसमका कारण हामी जान सकेनौं भोलि मात्रै शव पोखरा ल्याउँछौं ।’

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल गण्डकीका अध्यक्ष हरि भुजेलले सरोजको शवलाई निकाले बेसक्याम्पको हिमालयन भन्ने ठाउँमा ल्याएर राखिएको छ । पोखराको कोनिको ट्रेकबाट उनले एक चिनिया पदयात्रीलाई लिएर गएका थिए ।

उनी सहित हिम पहिरोमा ४ कोरियाली र ३ नेपाली हिमपहिरोेमा बेपत्ता बनेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->