आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुस्ताङको घाँसाको सडकमा सुख्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

मुस्ताङको घाँसाको सडकमा सुख्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७६, मंगलबार

मुस्ताङ,२० फागुन – बेनी–जोमसोम सडकखण्डमा सुख्खापहिरोमा बाटो सफा गर्दै गरेको स्काभेटर पुरिँदा त्यसका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घरभई सोही बाटोमा स्काभेटर चलाउँदै आएका अर्जुन दाहाल रहेको जिल्ला प्रहरी कार्यायल मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद सुवेदीले जानकारी दिए । स्थानीयले भने त्यहाँ दुईवटा स्काभेटर पुरिएको दावी गरेका छन् । प्रत्यक्षदर्शी विजय केसीका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–४, घाँसा क्षेत्रको सो सडकखण्डमा अहिले पनि सुख्खापहिरो गइरहेको छ ।
नेपाल र भारत जोड्ने गरि निर्माण गरिएको बेनी–जोमसोम सडकखण्ड अहिले निर्माणकै क्रममा छ । घटनास्थल घाँसाभन्दा ५ किलोमिटर टाढा रहेको केसीले जानकारी दिए। सुख्खा पहिरो जाँदा सो सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ।
पहिरो गएको स्थान दुर्गम भएको टेलिफोन नलाग्ने भएकाले बिस्तृत विवरण प्राप्त हुन कठिनाई भएको प्रहरीले बताएको छ।
उद्धारका लागि अहिले प्रहरी टोली घटनास्थलतर्फ हिँडेको सञ्चार शाखामा कार्यरत जवान सुदीप लम्सालले लाई जानकारी दिए । पहिरो खस्दा घाइते भएका एकजनालाई उपचारको लागि लेते पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->