आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राजमोको बिशेष संगठनात्मक अभियान जारी

राजमोको बिशेष संगठनात्मक अभियान जारी


  • Dhorpatan News
  • फाल्गुन २० २०७६, मंगलबार

बागलुङ, २० फागुन – राष्ट्रिय जनमोर्चा बागलुङ चलाईरहेको बिशेष संगठनात्मक अभियान अन्तरगत मंगलवार जिल्लाका बिभिन्न स्थानमा बिबिध कार्यक्रम सम्पन्न भएका छन् । मंगलवार ढोरपाटन नगरपालिकाको सैखोला, बरेङ गाउँपालिकाको साग्दी, जैमिनी नगरपालिकाको जैदी, बडिगाड गाउँपालिकाको ग्वालीचौर र निसीखोला गाउँपालिकाको झिवाखोलामा संगठनात्मक कार्यक्रम सम्पन्न भएका हुन् ।
ढोरपाटन नगरपालिकाको सैखोलामा भएको कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेलले सम्बोधन गरेका थिए । बरङकोे साग्दीमा प्रशिक्षण भेला तथा सदस्यता बितरण भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, जिल्ला सल्लाहकार टिकाराम शर्मा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका के.स.अमित के.सी., राष्ट्रिय जनमोर्चा बरेङका अध्यक्ष हिरा बहादुर थापा लगायतले सम्बोधन गरे । जैमिनी नगरपालिका वडा नं. ७ जैदीमा घरदैलो गर्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष के.बि.थापाले जनता जाग्ने बेला आएको बताए । उनी सँगै जिल्लास्तरीय नेताहरु अभियानमा थिए ।
बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बडिगाड वडा नं.१ का वडा अध्यक्ष बोम बहादुर थापा लगायतका नेताहरुले सम्बोधन गरे । निसीखोला गाउँपालिका वडा नं. ४ को झिवाखोलामा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको राजमोले जनाएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ समितिका उपाध्यक्ष थमन घर्ती, सल्लाहकार प्रगती बुढा, पालिका सचिव मिलन हमाल, वडा समितिका अध्यक्ष टंक पौडेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->